सुनको मूल्य ह्वात्तै बढ्यो

२०७६ बैशाख ३१ गते, मंगलवार

काठमाडौं, ३१ वैशाख । नेपाल सुन चादी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा एक हजारले बढेर प्रतितोला ६१ हजार रुपैयामा कारोबार भएको जनाएको छ । सोमबार छापावाल सुन प्रति तोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन आइतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी प्रति तोला ७ सय २० रुपैयामा कारोबार भएकोमा मंगलबार तोलामा ५ रुपैयाले बढेर प्रतितोला ७ सय २५ रुपैयामा कारोबार हुने भएको छ । आइतबार चाँदी प्रतितोला ७ सय २० रुपैयामै कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु