सुनको भाउ बढ्यो

२०७४ माघ २७ गते, शनिबार

काठमाडौं, २७ माघ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार सुनको मूल्य पुनः उकालो लाग्यो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहीबार तोलामा ५०० ले ओरालो लागेर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ भने तोलाको ७३५ रुपैयाँमै स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय १८ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु