सुनको भाउ तोलामा तीन हजारले घट्यो

२०७६ फाल्गुन ३० गते, शुक्रबार

काठमाडौं, ३० फागुन । सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ अनपेक्षित रुपमा घटेको जनाएको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु