सिष्टम बिथाेलेर कब्जा गर्ने विदेशी हाेडबाजी – भरत दाहाल

२०७४ पुष २८ गते, शुक्रबार

रूक्माङ्गद कटुवाल काण्डकाे देखाइने कारण सेनाकाे अराष्ट्रिय संरचना, मानवता विराेधि चरित्र र भ्रष्टाचारहरू थिए । त्याे काण्ड असफल भएपछि यति संगिन अाराेपहरूमा छानबिन गर्नु पर्ने कुरा सँधैका लागि बन्द भयाे।
लाेकमानमाथि भ्रष्टाचार र गैरकानूनी शासनकाे अाराेप मण्डलादेखि अस्पतालसम्म बुलन्द भयाे तर उनकाे राजिनामापछि यस्ता संगिन अाराेपमा मुछिएकाे व्यक्तिलार्इ दण्डित गर्नु पर्ने कुरा चाहिं अाेझेलमा राखियाे।
नेपालकाे शिक्षा नीति अार्इएनजिअाेहरूले तय गर्छन् र यसलार्इ नराेकेसम्म माफियाकरण राेकिंदैन भन्ने कुरा सबैजसाे मानिसहरूलार्इ थाहा छ तर यसप्रति सबैकाे मुख टालिएकाे छ र विराेध अपच कर्मचारीहरूमा केन्द्रित छ।
राज्य पुनर्स्ंरचनाकाे बहानामा साम्राज्यवादका दलालहरूले देशलार्इ दिर्घकालिन अस्थिरतामा हालिसकेका छन्। नवउदारवादकाे गलपाशाे थापेर सकृय जनशक्तिलार्इ सुनियाेजित रूपमा बाहिर निकालिसकेका छन्।
राज्य अस्थिर बन्याे, देश बनाउने जनशक्ति नेपालमा छैन। अब तिब्र भएकाे छ, संस्थाहरू क्षतविक्षत बनाएर कब्जा गर्ने याेजना। संवैधानिक निकायहरू कब्जा गर्ने इण्डियन र पश्चिमाहरूकाे नाङ्गाे खेल सुरू भएकाे छ।
लाेकमान प्रकरण जस्तै याे याेजनामा कुनै अाराेपित व्यक्ति दण्डित हुनु पर्ने कुरा छैन, कुरा छ पदबाट बर्खास्तगिकाे मात्र। इण्डियन दलालका ठाउँमा पश्चिमा दलाल ल्याउने कि पश्चिमा दलालका ठाउँमा इण्डियन दलाल ?
लाेकमानकाे विराेध त्याे बेला मात्र सुरू भयाे, जब उनले कनकमणिमाथि हात हाले। कनकमणिमाथि हात हाल्न लगाउने दिल्ली थियाे र पश्चिमाहरूले यसकाे बदला गाेबिन्दकाे नामबाट लिए। सर्वाेच्चकाे केश पनि यहि हाे।
लाेकमान ल्याउने प्रस्तावक बाबुराम, गाेविन्द जिन्दावाद भन्ने पनि बाबुराम। कारण- पहिले इण्डाे-पश्चिम सबैकाे लाेकमानमा सहमति थियाे, कनकमणि प्रकरणपछि बाझियाे। उहि दलकाे विमलेन्द्र निधिले गाेबिन्दकाे निन्दा गर्छ तर गगन जुलुसमा जान्छ।
नाैटङ्कि बन्द गर दलालहरू ! नेपालकाे समस्या तिमीहरूकाे पछाडिबाट पेट्राेल भर्ने साम्राज्यवादी, नवअाैपनिवेशिक राज्य संरचना, यसमा अाधािरत दलाल व्यवस्था, एनजिअाे र अार्इएनजिअाेहरू हुन्, व्यक्ति हाेर्इन।

प्रतिक्रियाहरु