सिरियामा भीषण हवाई आक्रमण

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । इजरायलले सिरियामा ठूलो आक्रमण गरेको छ । शनिवार गराएको हवाई आक्रमण गएको ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो रहेको इजरायली सेना स्वयंको दावी छ । सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त गरेका छन् ।
इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमास्कस नजिकैका सैन्य अखडामा हवाई आक्रमण गरिएको बताए । निशाना बनाइएका १२ वटा अखडामा ८ वटा इजरायली विमानलाई गोली हान्ने सिरियाली सैन्य केन्द्र तथा चार वटा सिरियास्थित इरानी अखडा रहेको उनको भनाइ छ । सिरियाले शनिवार इजरायली लडाकु विमानलाई गाली हानी जमीनमा खसालेपछि इजरायलले जवाफी आक्रमण गरेको जनाएको छ । इजरायलको पछिल्लो आक्रमण सन् १९८२ मा लेबनानी युद्धका बेला भएको आक्रमणपछिको सबैभन्दा महत्वपूर्ण भएको इजरायल हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारको भनाइ छ । एउटा इरानी ड्रोन आफ्नो भूभागमा प्रहार गरिएपछि एफ–१६ लडाकु विमानले आक्रमण गर्दा सिरियाले गोली हानी उक्त विमान खसालेकाले जवाफमा उत्रनु परेको इजरायलको भनाइ छ ।- एजेन्सी

प्रतिक्रियाहरु