सिरियाको युद्धमा फसेका बालबालिका बेलायत फर्काइयो

काठमाडौं , ७ मंसिर । सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ । सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो । एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् । विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ । उनले ती बालबालिकाको गोपनियताको अधिकारको सम्मा गरिनेसमेत बताएका छन् ।
गत मार्चमा इस्लामिक स्टेट पराजित भएपछि त्यहाँ रहेका विदेशी त तिनीहरुका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेको बताइएको छ । फ्रान्स, डेनमार्क, नर्वे र काजकास्तानमा आइएसलाई सहयोग गर्न सिरिया पुगेका विदेशीहरु यसअघि नै आफनो देश फिर्ता भइसकेका छन् । सेभ द चिल्ड्रेनका अनुसार अझै ६० जना बेलायती बालबालिका सिरियामै फसेका छन् । यसैबीच नेदरल्याण्ड्सको एक अदालतले ६० जना डच बालबालिका स्वदेश फर्काउन सिरिया सरकार बाध्य नहुने फैसला सुनाएको छ ।- एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>