सिरिन्ज आतंक मच्चाएको आरोपमा कार्की पक्राउ

काठमाडौं, १३ असार । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा भएका सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरिन्ज आतंक मच्चाएको आरोपमा सन्तोष कार्कीलाई गएराति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको जनाएको छ । रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ । कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं र भक्तपुरमा केही दिनअघि शृंखलाबद्ध रुपमा युवतीहरुमाथि सिरिन्ज आक्रमण भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>