सिभिल होम्सको ठगि धन्दा

२०७५ असार २१ गते, बिहीबार

काठमाडौं, २१ असार । सिभिल होम्स प्रालीले उपत्यकाका विभिन्न ठाउँमा आवासीय भवन (हाउजिङ) निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसार कहिँकतै पनि काम नगरेको भेटिएको छ । उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा (फेज १ देखि फेज ९ सम्म) निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, सहरी विकास तथा भवन निर्माण विभागलगायत सरकारी निकायसग गरेको प्रतिवद्धता विपरित काम गरेको देखिएको हो ।
सिभिल होम्सले प्लानिङ पर्मिट लि“दा भवन निर्माण सम्पन्न भईसकेपछि मात्र बिक्री वितरण गर्ने भनिएपनि निर्माण नहुँदै बिक्री गरी रजिस्ट्रेसन पारित गरेको छ भने ९० प्रतिशत घरधनीलाई हालसम्म पनि निर्माण सम्पन्न प्रतिवेदन उपलब्ध गराएको छैन । निर्माण सम्पन्न प्रतिवेदन घरधनीलाई नदिदा घरजग्गा कर तथा राजश्व तिर्नबाट घरधनीहरु बन्चित भएका छन । हस्तान्तरण भईसकेका हाउजिङ भित्रका सबै संरचनाको स्वामित्व सामुहिक रुपमा घर धनीहरुको हुनुपर्ने भएपनि सिभिल होम्सले उक्त स्वामित्व हस्तान्तरण गरेको छैन ।
हाउजिङ निर्माण भएका ठाउँ भित्रको सडक, पार्किङ, पार्कलगायत खुला ठाउँको लालपुर्जा घरधनीलाई हस्तान्तरण गरिएको छैन । सिभिल होम्सले निर्माण गरेका हाउजिङभित्र रहेको सडक सरकारी नक्साङ्कनमा कहीकतै पनि देखिदैन ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामार्फत् सिभिल होम्स प्रालिले साविकको तिनथाना गाविस–६ मा निर्माण गरेका फेज २ अन्तर्गतको ग्रुप हाउजिङहरु बेचबिखन गर्दा काठमाडौं उपत्यका नगर विकास मूल समितिले स्वीकृत गरेको मापदण्ड, नक्सा, संरचनागत खाका र योजना विपरित भवनहरु निर्माण गरी हस्तानतरण गरिएको छ । भवन खरीदकर्तालाई उपलब्ध गराएको ब्रोसर करार सम्झौता र प्लानिङ पर्मिट दिने काठमाडौं उपत्यका नगर विकास मूल समितिले दिएको स्वीकृतीअनुसारका कुनै पनि बुँदाको उचित कार्यान्वयन गरेको देखिदैन । यसरी सिभिल गु्रपले लामो समय देखि सरकारी निकाय र आवास खरिदकर्ता दुवैको आखामा छारो हाल्दै आएको छ ।
प्लानिङ पर्मिटमा कम्पनीले तोकिएका सर्तहरु पूर्ण रुपमा पुरा गर्ने गरी सरकारबाट सामुहिक आवास निर्माण गर्ने अनुमति लिएको भएपनि ती शर्तहरु पुरा भएका छैनन् । मुख्य कुरा घर धनीलाई बुझाईसकेका घरहरुको स्वीकृती नक्सा र निर्माण सम्पन्न प्रतिवेदन सिभिल होम्सले अधिकांशलाई दिएको छैन । निर्माण स्वीकृती माग्दा सिभिल होम्सले थप रकम माग्ने गरेको छ – नेपाल समाचारपत्र

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु