सिनामंगलको केएमसी अस्पताल बन्द

२०७७ जेष्ठ २१ गते, बुधबार

काठमाडौं , २१ जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) अनिश्चितकालका लागि बन्द भएको छ ।अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीले अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको जानकारी दिए । कोरोना पुष्टि भएका विभागहरुमा निर्मलिकरण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको अस्पतालकले जनाएको छ ।

प्रतिक्रियाहरु