‘सिद्धबाबा’ प्रहरी नियन्त्रणमा

२०७६ मंसिर १६ गते, सोमबार

काठमाडौँ, १६ मंसिर । कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । करणीको आरोप लागेका उनलाई प्रहरीले अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो । बिरामी भएकाे बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएकाे प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार कृष्णदासलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ । दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने अड्कल गरी प्रहरीले छापामार शैलीमा एकाबिहानै पक्राउ गरेकाे बताइएकाे छ । करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप उनीमााथि लागेकाे छ ।
काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक-पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको अडियाे रेकर्ड न्युज २४ लाइ प्राप्त भएकाे छ । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् । जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा विगतदेखि कहिले दोहोरो नागरिकता त कहिले सार्वजनिक जग्गा मिचेको लगायत विभिन्न विवादमा तानिँदै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार