साहस र सन्तोषको “चोट” बजारमा (भिडियो सहित)

२०७४ पुष १६ गते, आईतवार

काठमाडौँ, १६ पुस । संचार क्षेत्रमा क्रियासिल एवं सर्जक साहस भट्टको लयमा माया प्रेमका भाब समेटिएको कारुणिक गीत “चोट” लाई एस एन बि म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको छ । सर्जक साहस भट्ट यसअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ , मुटुको घाउ , जामाना नि के आयो लगाएतका थुप्रै गीतहरुमा ले दिई सकेका छन् ।
“चोट” बोलको यस गीतमा सन्तोष बानियाँले शब्द भरेका छन् । कुलेंद्र बिस्वकर्मा र सिमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्युजिक भिडियोमा मोडल बिस्व राईले अभिनय गरेका छन् । साथमा सारिका के.सी पनि देख्न सकिन्छ । बिक्रम चौहानद्वारा निर्देशित यस भिडियोलाई छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।
क्लिक गर्नु होला :
साहस र सन्तोषको “चोट” भिडियो :

प्रतिक्रियाहरु