सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक

२०७४ फाल्गुन १४ गते, सोमबार

काठमाडौँ, १४ फागुन । सामसुङले एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्ट फोनको विश्वबजारमा अग्रणी स्थान ओगटेको दक्षिण कोरियाली कम्पनी सामसुङले स्पेनको बार्सिलोनामा आयोजित ‘प्रि–मोबाइल वर्ल्ड कंग्रेस २०१८’ मा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो । यी दुवै फोन सामसुङको ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसपछि बजारमा आएको हो ।
एस ९ र एस ९ प्लस स्मार्टफोनको क्यामेरालाई विगतका स्मार्टफोनको तुलनामा निकै सुधार गरिएको बताइएको छ । यी दुवै फोनमा सोशल मिडिया प्रयोगकर्ताका आवश्यकतालाई विशेष ख्याल गरिएको कम्पनीको दावी छ । ग्यालेक्सी एस ९ मा स्लीक, रिफाइन्ड इन्फिनिटी डिस्प्ले छ । एस ९ मा ५.८ इन्चको र एस ९ प्लसमा ६.२ इन्चको स्क्रिन छ । फिंगर प्रिन्ट सेन्सर मोबाइलको पछिल्लो भागमै छ ।
यसमा इन्टेलिजेन्ट स्क्यान फिचर समावेश गरिएको छ । यी फोनमा वायरलेस प्रविधिबाट ब्याट्री चार्ज हुने व्यवस्था छ । सामसुङ एस ९ को अन्तर्राष्ट्रिय बजार मूल्य ७२० डलर र एस ९ प्लसको ८४० डलर तोकिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार