सशस्त्र द्वन्द्वमा दुई हजारभन्दा बढी बालबालिका मारिए

२०७५ असार २० गते, बुधबार

काठमाडौं, २० असार । यमनमा जारी सशस्त्र द्वन्द्वमा अहिलेसम्म दुई हजार दुई सय बालबालिका मारिएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन वर्षदेखिको द्वन्द्वमा यति धेरै बालबालिका मारिएका हुन् । द्वन्द्वको चपेटामा परेर अरु कैयौं बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापित भएको राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले जानकारी दिए । ३४ हजार बालबालिका घाइते भएका छन् ।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएको लडाईंमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि संघर्ष जारी छ । -एजेन्सी

प्रतिक्रियाहरु