सर्लाहीमा हवाई फायर

२०७४ मंसिर २१ गते, बिहीबार

काठमाडौं, २१ मंसिर । सर्लाहीको कौडेना गाउँपालिका २ स्थित जनता माबि फुलपरासी मतदान केन्द्रमा सर्लाहीमा हवाई फायर भएको छ । कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप भएपछि हवाई फायर भएको हो । एक जना अशक्त व्यक्तिको मत हाल्न कांग्रेस र राजपा दुवै दलका प्रतिनिधि अघि सरेपछि झडप भएको हो । दुई दलका कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि मतदाताबिच भाग दौड मच्चिएको र त्यसक्रममा लडेर केहि घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् । झडपपछि अहिले मतदान रोकिएको छ ।
यता , गुल्मीको मदाने गाउँ पालिकाकाे पुर्काेट दह बजार नजिक अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट भएको छ स्थानीय हरु भागदौड मचि्चिएकाे बुझिएको छ भने गुल्मीको धुर्काेट गाउँ पालिकामा पनि अज्ञात समुहले अर्काे शक्तिशाली बम विस्फाेट गराएकाे छ । सो घटनावाट स्थानीयहरु अातङ्कित भएका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु