सरकार , साम्राज्यवाद सामु लाचार , भारतीय अतिक्रमणबिरुद्ध पुन: संघर्षका कार्यक्रम सार्वजनिक

२०७६ मंसिर १४ गते, शनिबार

काठमाडौँ, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको ठोकूवा गर्दै भारतीय अतिक्रमणबिरुद्ध पुन: संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । भारतले नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गरेको नेकपाले शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार प्रेस विज्ञप्ति जारी गरेर भारतीय अतिक्रमणबिरुद्ध पुन संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेका हुन । संघर्षका कार्यक्रमहरु अन्तर्गत जुलुस प्रदर्शन, अन्तरक्रिया, सिमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दुतावास अगाडी प्रदर्शन, ज्ञापन पत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेका छन ।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा बर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको ठोकूवा गरिएको छ । विज्ञप्तिमा देशको माटो रक्षार्थ उठेको आक्रोस, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरु कुनै तरिकाले पराजित नहुने कुरा उल्लेख गरिएको छ ।
संघर्षका कार्यक्रमहरु अन्तर्गत मंसिर १५ गते जुलुस प्रदर्शन्, १७ गते काठमाडौंमा अन्तर्क्रिया ,१९ गते सिमा बचाउ अभियान द्वारा जारि नक्सा प्रचार,२० गते नक्सा प्रदर्शन, २२ गते भारतिय दुतावास अगाडी प्रदर्शन ,२४ गते ज्ञ्ापनपत्र बुझाउने र २६ गते साहित्यिक कार्यक्रम गर्ने रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु