सरकार संकटको कारक नबनोस्

२०७६ कार्तिक १० गते, आईतवार

पछिल्लो समय सरकारको कार्यशैली हेर्दा सरकार नै देशमा संकट निम्याउन उद्यत रहेको देखिन्छ । सरकारका हरेक कार्यशैली देश र जनघाती प्रमाणित हुँदै गइरहेका छन् । कालोबजारी, महँगी, भ्रष्टाचार र माफियातन्त्रले देश र जनतालाई इन्तु न चिन्तु बनाएको छ । तर, सरकार नजरअन्दाज गरेर बसेको छ ।
कालोबजारी गर्नेले अुनगमनमा गएका सरकारी टोलीलाई लखेट्छन्, सरकार मौन बस्छ । मेडिकल माफियाविरुद्ध बोल्दा मन्त्रीलाई नै कुर्सीबाट हटाइदिने धम्की दिन्छन् । शुल्कवृद्धिविरुद्ध आवाज उठाउने विद्यार्थीलाई गुण्डा लगाएर कुटिन्छ । तर, सरकार रमिता हेरेर बस्छ । राजनीति आस्थाकै कारण कुमार पौडेलजस्ता रष्ट्रभक्त र सचेत नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरिन्छ । अनि देश र जनताको पक्षमा खडा भएर शान्तिपूर्ण संघर्ष गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि संविधानको धज्जी उडाउँदै प्रतिबन्ध लगाइन्छ । उसका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ हत्या गर्ने, गिरफ्तार गर्ने र भूmठा मुद्दामा फसाएर जेलमा कोच्ने कार्य गरिन्छ । यी र यस्ता अनगिन्ती घटनाले सरकार नै संकट निम्त्याउन उद्यत भएको पुष्टि हुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीले हालै आफ्नो केन्द्रीय समितिको बैठकका निर्णयहरु विज्ञप्तिमार्फत् सार्वजनिक ग¥यो, त्यसमा सरकार सच्चिएर देश र जनताको पक्षमा खडा भए वार्ता गर्न सकिने संकेत ग¥यो । तर, सरकारले त्यसलाई षड्यन्त्र देख्यो र नेकपालाई अझ दबाउने उद्घोष गर्न थाल्यो । यसले के पुष्टि हुन्छ भने सरकार देश र जनहितप्रति पटक्कै जिम्मेवार छैन । यही कारणले अहिले आमसचेत नागरिकले सरकारको चरित्र ठीक नभएको चर्चा गर्न थालेका छन् । सरकारको यस्तै कार्यशैलीका कारण देश अस्तव्यस्त भएको छ । जनजीविका चौपटक भएको छ । तर, सरकार सच्चिने कुनै संकेत देखाउँदैन । सरकारको यही कार्यशैलीका कारण देश पुनः द्वन्द्वतर्फ धकेलिने निश्चित भएको छ । तसर्थ, सरकार तत्काल सच्चिनैपर्छ अन्यथा देश पुनः द्वन्द्वको भड्खालोमा पर्ने निश्चित छ । सरकार नै संकटको कारक नबनोस् आमसचेत नागरिकको यही अपेक्ष छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु