सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु

२०७४ फाल्गुन २१ गते, सोमबार

काठमाडौं, २१ फागुन । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले गरेको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र २० जना आइएस लडाकुको मृत्यु भएको जानकारी दिएका हुन् । कारबाहीमा २७ जना विद्रोही घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् । घटनामा कयौं घाइते भएका छन् । सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेर विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको दाबी गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु