सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा

२०७४ माघ २२ गते, सोमबार

काठमाडौं, २२ माघ । पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवर्द्धनलगायत शीर्षकमा एक हजार एक सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू गएको अवधिमा यी भ्रमण भएका छन् । आन्तरिक स्रोतले नियमित खर्चसमेत धान्न नसकि सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा निस्केका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कागजात अनुसार कात्तिक १५ देखि माघ १५ गतेसम्मको अवधिमा सबैभन्दा बढी नेपाली सेनाका १६४ जना अधिकृत तथा सोभन्दा माथिल्लो तहका सेनाले विदेश भ्रमण गरेका छन् । सेनापछि विदेश भ्रमण गर्नेमा अर्थ मन्त्रालयका कर्मचारी बढी छन् । तीन महिनाको अवधिमा अर्थमन्त्रालय र अन्तर्गतका निकायका १६४ जनाले विदेश भ्रमण गरेका छन् । यस्तै विदेश भ्रमण गर्नेमा नेपाल प्रहरीका ८१ जना अधिकृत, कृषि विकास मन्त्रालयका ६९ कर्मचारी, स्वास्थ्य मन्त्रालयका २८ जना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ४० जना, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ३० जना, पशुपक्षी विकास मन्त्रालयका ५३ जना, वाणिज्य मन्त्रालयका ३४, गृह मन्त्रालयका २०, सिंचाइ मन्त्रालयका २० जना कर्मचारी छन् । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु