सरकारले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने

काठमाडौं, १ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने निर्णय गरेको छ । उक्त प्रयोजनका लागि संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको दावी पनि गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>