सरकारद्वारा गुठी विधेयक फिर्ता

काठमाडौं, ३ असार । चर्काे दबाब थेग्न नसकेपछि सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ । भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। ।
‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो’, मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ।’ मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिएकी हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>