सरकारको वार्ता प्रस्ताब र देशको आबस्यकता –धर्मेन्द्र बास्तोला

२०७५ आश्विन ८ गते, सोमबार

सरकारले अहिलेको ब्यबस्थासंग कुनै न कुनै रुपमा सहमत हुन नसकेका पार्टी र संगठनहरुसंग वार्ता गर्ने भन्दै सार्बजनिक सूचना जारी ग¥यो । तर, यसले कुन पार्टी र को संगठनसंग कुन बिषयमा या कुन सैद्धान्तिक आधारमा र के उद्येस्य प्राप्त गर्न वार्ता गर्ने भत्रे बिषय प्रष्ट गरेको छैन । देशका बिभित्र पार्टी र संगठनहरुका बिभित्र मागहरु हुन सक्छन् । देशको राज्य ब्यबस्थाले सृजना गरेको अन्तरबिरोधले समाज अनुसारको मागहरु पैदा गरीरहेको हुन्छ । मोटामोटी र होलसोलरुपमा “समावेशी”, “समतामूलक”, “न्यायपूर्ण” र “अग्रगामि” राज्य निर्माण गर्ने भन्ने वाक्यहरु अभियानको सुरुवातसंगै वार्ताकोलागि खटाईएका ब्यक्तिहरुबाट अभिब्यक्त गरीएका छन् । सामान्यतया, यी वाक्यहरुको प्रयोगबाट सरकारले धेरै नापतौल र होसियारी अपनाएको प्रतित हुन्छ जहा“ प्रचलित साम्राज्यबादी युगका संशदीय सब्दहरुको भूमरी भित्र देशको आमुल परिवर्तन भन्दा आफ्नो संशदीय उद्येस्य पुरा गर्ने लक्ष रहेको देखिन्छ । वार्ताको प्रयोगलाई देशको वास्तबिक समस्या समाधान गर्ने, देशको राष्ट्रियता, जनतन्त्र, जनजीजीकाको क्रोनिक बिषयहरु समाधान गर्ने भन्दा अमूर्त, आदर्शपूर्ण र भ्रमपूर्ण अभिब्यक्ति सार्दै पुरानो संशदीय ब्यबस्थाको सस्थागत गर्न सबै पार्टी र संगठनहरुलाई समाबेश गर्न खोजेको हो कि भत्रे देखिन्छ । सरकारको यो प्रस्ताव बारे सामान्यतया हाम्रो पार्टीमा र बिशेशतः सम्पूर्ण जनसमुदायमा स्पष्टताको आबस्यक छ ।
बार्ता गरी देशको समस्या समाधान गर्न सरकारले प्रस्ताव अगाडि ल्याउनु सामान्यतया सकारात्मक बिषय हो । सामान्यतया “वार्ता” राजनीतिक बिषयको यौटा पहलु हो जसको सम्भावना जहिले पनि र जहा“ पनि भईनै रहेको हुन्छ । वार्ताको प्रक्रियाबाट राजनैतिक निकाशको सम्भावना या आबस्यकतालाई सिद्धान्ततः कुनै पनि माक्र्सबादी–लेनिनवादी–माओवादी कम्युनिष्टहरुले अस्वीकार गदैनन् । नेपालमा पुरानो पूजीबादी (र नेपालको सन्दर्भमा दलाल पूजीबादी) ब्यबस्थाको अन्त्य गरी बैज्ञानिक समाजवाद स्थापना गर्ने लक्षका साथ संघर्ष गरीरहेको हाम्रो पार्टी, नेपालको सिंगो उत्पीडित नेपाली जनतालाइृ एकताबद्ध गरी दलाल पूजीबादी उत्पीडनको अन्त गर्न अगाडि बढेको हाम्रो पार्टी, बुर्जुवा बर्गको मुट्ठीभर लुटेराहरुको राजलाई अन्त्य गरी सिंगो जनतालाई अधिकार सम्पत्र बनाउन संघर्ष गरीरहेको हाम्रो पार्टी बार्ताको माध्ययमबाट त्यो उद्येस्य हासिल गर्न सम्भव हुन्छ भने निश्चित रुपले त्यस प्रकारको वार्ताकालागि तैयार नहुने कुरा छैन । यो कुरा हामी स्पष्ट गर्न चाहन्छौ कि वार्ताको प्रक्रिया द्वारानै समस्याको समाधान होस । हामी यो पनि स्पष्ट गर्न चाहन्छौ कि कुनै पनि माक्र्सबादी–लेनिनवादी–माओबादी पार्टी शान्तिपूर्ण तरिकाले सम्भव हुने हद सम्म सान्तिपूर्ण पद्धतिबाटनै राजनैतिक सत्ता परिबर्तन गर्न चाहन्छ र समाजको आमुल परिवर्तन सुनिश्चित गर्न चाहन्छ । त्यससकारण न हामी वार्ताको प्रश्नलाई इन्कार गर्न सक्छौ न कुनै माओवादी कम्युनिष्ट यो बिषयलाई इन्कार गर्न सक्छ । यद्यपि, खास खास परिस्थिति बाहेक बार्ताले अहिले सम्म क्रान्तिकारी निकाश दिएको उदाहरण छैन । सन १९४५ को बिश्व युद्धमा बार्ताबाट एक हदमा सकारात्मक निकाश स्तालिन, रुजवेल्ट र चर्चीलका बिच पैदा भएको थियो । त्यो शक्ति संतुलनको यौटा बिषिष्ट परिबेशमा पैदा भएको अबस्था थियो । पछिका क्रान्तिकारी अन्दोलनहरुमा वार्ताको प्रयोग एकले अर्कोलाई निल्ने दाउपेचका रुपमा प्रयोग हु“दै आएको छ । वास्तबमा बार्ताको प्रश्न शक्तिसंतुलनको यौटा बिशिष्ट अबस्था नै हो ।
वार्ताको प्रश्न बिश्व कम्युनिष्ट आन्दोलनमा र नेपाली कम्युनिष्ट आन्दोलनको सन्दर्भमा पनि कुनै नया“ बिषय होईन । कम्युनिष्टहरुका अगाडि बुर्जुवा सत्तासंग भएका वार्ताहरुका तमाम अनुभवहरु छन् । वार्ता केकालागि ? कुन सहमति पैदा गर्नकालागि ? कुन माग पुरा गर्नकालागि ? कुन उद्येस्य पुरा गर्नकालागि ? यी प्रश्नहरुको जवाफ जनताले खोजीरहेको हुन्छ । बार्ता, जनताका मागहरु पुरा गर्ने सहमतिमा पुग्नकालागि कि जनबिरोधी तत्वहरुका मागहरु पुरा गर्न ? मजदुर किसान र उत्पीडित जनताका मागहरु पुरा गर्ने सहमतिमा पुग्नकालागि कि दलाल पूजीबादीहरु, सामन्त जमिन्दारहरु, र उत्पीडक शाशक बर्गका माग पुरा गर्न ? राष्ट्रिय पूजीपति बर्गका मागहरु पुरा गर्ने सहमतिमा पुग्नकालागि कि एकाधिकारबादी पूजीबादीहरुका माग पुरा गर्न ? वा, वार्ता कुनै पनि सहमतिमा नपुगेर एकले अर्कोलाई दमन गर्ने बाटो खोल्नकालागि ? युद्धको सुरुवात गर्नकालागि ? भिषण दमन र कठोर प्रतिरोधको परिवेश सृजना गर्नकालागि ? नेपाल लगायत बिश्वका तमाम आन्दोलनहरुमा वार्ताले सिर्जना गर्ने बिषयहरु हुन यीनी ।
यी बिषयहरुमा पहिले सरकारले धारणा के हो ? यसमा बिभित्र पार्टी र संगठनहरुका बिभित्र धारणाहरु रहन सक्छन् । हामी यी बियामा सत्तामा रहेका पार्टीहरुको धारणा स्पष्ट होस भत्रे चाहन्छौ । हाम्रो पार्टीका बारेमा कुनै पनि संशदवादी पार्टीहरुमा कुनै प्रकारको द्वीबीदा नहुनु पर्ने हो भत्रे हाम्रो मत छ । किनकि, नेपाल पनि कैयौ चरणका बार्ताहरुबाट अगाडि बढेको देश हो । गणतन्त्रको माग गर्दै समाजमा स्थापित भएका बिगतका माले र कांग्रेसले पनि राजासंग वार्ता गरेका थिए । अनेक प्रकारका षढ्यन्त्र, दवाब र अस्पष्टतामा त्यो वार्ताले तत्कालिन गणतन्त्रबादी नेपाली कांग्रेस र तत्कालिन नेकपा (माले) संबैधानिक पञ्चायत भित्रको राजतन्त्र मात्र बिबश पारिए । वास्तबमा, २०४६–४७ सालको आन्दोलनले नेपाली कांग्रेस र तत्कालिन नेकपा मालेको घोषित नीति र लक्ष अनुसार न्युनतम पूजीबादी सत्ता स्थापना गर्न सकेन र आधुनिक सामन्तबादमा आत्मसमर्पण गर्न बाध्य बनायो । सामन्ती सत्तामा सहभागि बनेका नेपाली काग्रेस र एमालेहरु पुरानो सत्ताको पक्षपोषण गनए खप्पीस राजनैतिक खेलाडी पार्टीहरु हुन, जसले वार्ताको रुपमा चलाएको षढ्यन्त्रबाट बिगतमा दश बर्षको परिबर्तनकामि उडान भरेको महना जनयुद्धलाई “मुखमा राम राम”को नारा लिएर “बगलीमा छुरा” दाब्दै संशदवादको दलदलमा खसालेका थिए । माओवादी केन्द्र हि“जको हाम्रो आफ्नै पार्टी हो, जसको तत्कालिन प्रमुख नेतृत्व बार्ताको रुपमा आएको एमाले र काग्रेसको षढ्यन्त्र र बज्रप्रहार थाम्न नसकेर रन्थनि“दै दलाल पूजीबादी तुखुचामा बग्न बिबश भएको हो । अहिले तिनै पार्टीहरु बिभित्र रुप र आकारका गुटहरुको सम्रिश्रण हु“दै यौटै थैलाका झिटीकुटी बनेका छन् र उनिहरुले बार्ताको प्रस्ताब अगाडि सारेका छन् । हामी यो कुरा स्पष्ट गर्न चाहन्छौ कि हामी त्यसप्रकारको षढयन्त्र र लाचारी प्रति असहमत हु“दै र देश र जनतामा मुद्धाहरुमा प्रतिबद्ध रह“दै आएका छौ । वार्ताको नाममा हामी कुनै पनि ब्यबस्थापन र प्रलोभनका अगाडि जनताका मागहरुबाट बिचलित हुन सक्दैनौ ।
देशका सबै राजनैतिक पार्टीहरु, नेपाली जनता र अन्तराष्ट्रिय जगतलाई समेत राम्रो जानकारी छ कि हाम्रो पार्टी देशमा बैज्ञानिक समाजवाद स्थापना गर्नकालागि, नेपाललाई यौटा स्वाभिमान र समृद्ध देशको रुपमा बिकाश गर्नकालागि र जनताको स्वाधिनता, समृद्धि र स्वतन्त्रता स्थापित गर्न संघर्ष गर्ने क्रान्तिकारी पार्टी हो । क्रान्ति, देशको आमुल परिबर्तन र बुुर्जुवा दलाल बर्गको अन्त्य गरी जनताको अधिकार स्थापित गर्ने, देशलाई राष्ट्रिय एकतामा ल्याउने र समृद्धि र प्रगतिको बाटोमा हि“ड्ने हाम्रो लक्ष रहेको कारण देश भित्रको दलाल पूजीबादी बर्गकालागि यौटा आतंक बनेको छ । नेपाल कम्युनिष्ट पार्टी सर्बहारा बर्गको यौटा अन्तराष्ट्रिय दस्ता पनि हो जसले नेपालमा मात्र क्रान्तिको लक्ष राख्दैन, बिश्वभर समाजबादी ब्यस्था स्थापना गर्न क्रान्तिकारी पार्टी र संगठन मार्फत बिश्वभरका मुक्तिकामी जनतासंगको भाईचारा स्थापना गर्न चाहन्छ । यो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक, राजानैतिक दार्शनिक मान्यतामा आधारित पू“जीबादको अन्त्य गरी बैज्ञानिक साम्यबाद स्थापना गर्न चाहन्छ जुन समाज मानबजातिको समृद्धि र प्रगति निर्माण गर्न, मानिसको सामाजिक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध बिकाश गर्न अहिलेको पूजीबादी जनतन्त्र भन्दा साम्यबादी जनतन्त्र लाखौ गुणा उच्च, उत्रत र समृद्ध हुने छ । यो समाजमा पू“जीबादी समाजमा जस्तो मुट्ठीभर खर्बपतिहरुबाहेक सबै महादेशका अरबौ मानिसले भोग्नु परेको गरिबी, बेरोजगारी, युद्ध–बिभिषिका, पर्याबरण बिनास, रोग–ब्यादको सिकार, अमानबिय यातना भोग्नु पर्ने छैन र सबै मानिसले प्रकृतिसंग एकाकार हु“दै पू“जीबादी मुनाफाको निम्ती होईन, मानब समाजको आबस्यकता, कल्याण र प्रगतिकालागि अनन्त बिकाशमा एकजुट हुने छन् । यो साम्यबादी बिचार, दर्शन र लक्षले साम्राज्यबादका अन्तराष्ट्रिय अखाडाहरुमा आतंक सिर्जना गरेको छ । यो माक्र्सबादी–लेनिनवादी–माओवादी लक्ष र उध्यस्यका कारण अहिले हाम्रो पार्टी देशमा दलाल पू“जीबादको र अन्तराष्ट्रिय स्तरमा एकाधिकार प“जीबादको तारो बनेको छ र उनिहरु यसलाई हरहालतमा मुनामै निमोठ्न उद्धत देखिन्छन् । नेपालको अहिलेको अवस्थामा हाम्रो पार्टी क्रान्तिको काम पुरा गर्न, मानिसको मानबिय गुण र उत्रतिको बाटो पछ्याउन देशमा भईरहने लुट, भ्रष्टाचार, तस्करी, मानब बेचबिखन, केही दलाल पूजीपतिहरुको मुनाफाकालागि थोपरिएको देशको पराधिनता बिरुद्ध संघर्ष गर्दै आएको छ । नेपालको दलाल पूजीबादी संशदीय सत्ताले बिगतको निरंकुस राजतन्त्र भएको पञ्चायत र संबैधानिक पञ्चायत भित्रको राजतन्त्रको निरन्तरतामा गणतन्त्र स्थापना भईसक्दा पनि देश र जनतामाथि उत्पीडन, दमन र लुटखसोट चलाउ“दै आएको छ । यसको वास्तबिक समाधानका बिषयमा हाम्रो नेपाल कम्युनिष्ट पाटी र अहिलेका दलाल संसदवादी पार्टीहरुका बिचमा ठुलो भित्रता छ । यस प्रकारको भित्रता हु“दैन्थ्यो भने संघर्ष र वार्ताको आबस्यकता पनि हु“दैन्थ्यो ।
संशदवादी पार्टीहरु र हाम्रो बिचका भित्रताहरु कहा“ हुन ? ती भित्रताहरुलाई मोटामोटी रुपमा यसरी सूचिकृत गर्न सकिन्छ । ती हुन्, एक, राजनैतिक अधिकार सम्पूर्ण जनताको हातमा दिने कि मुठिभर एकाधिकारबादीहरुको हातमा ? दुई, देशलाइर्« स्वाधिन, स्वतन्त्र र सार्बभौम अबस्थामा राख्ने कि पराधिन नवऔपनिबेशिक र परमुखापेक्षि अवस्थामा ? तीन, देशमा राष्ट्रिय पूजीको बिकास गरी देशका राष्ट्रिय उध्योगपतिहरु र सिगो मुलुकलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रधि बनाउने कि देशलाइ बिदेशी उत्पादनको खपत गर्ने बजार मात्र बनाउने ? चार, राज्यले उद्यमशील अबस्थाको सृजना गरी देशका नागरिकलाई देशभित्र रोजगारिको ब्यबस्था गर्ने कि समस्त युवाहरुलाई अन्तराष्ट्रिय श्रमबजारमा सरिरमा रगत रह“दासम्म श्रम बेच्न बिबस गराउने ? पा“च, बैदेशिक लागानिका नाममा देशका प्राकृतिक सम्पदाहरुको बेचबिखन गरी देशलाई आर्थिक टाटपल्टाईको अवस्थामा पु¥याउने कि पहिले आन्तरिक अर्थ प्रणाली मजबुत बनाएर सिधा बैदेशिक लगानी (एफडीआई) खपत गर्न सक्षम बनाउने ? छ, नेपाली मुद्रा प्रणालीलाई स्वाधिन र स्वतन्त्र राख्ने कि बिदेशी मुद्राको अधिनमा राख्ने ? सात, नेपालको सुरक्षा प्रणालीलाई नेपाली राष्ट्र र जनताको मातहतमा राख्ने कि बिदेशीहरुको इसारामा चल्ने गरी उनिहरुको अधिन र नियन्त्रणमा राख्ने ? आठ, नेपाललाई पराधिन बनाउने संधी–सम्झौताहरु खारेज गरी नया“ आधारमा सम्झौताहरु गर्ने कि पुरानोमा सुधार गर्ने बहानामा अरु जटिल बनाउने ? नौ, नेपालको शेना प्रहरीलाई नेपाली जनता, नेपालको सार्बभौमिकता र नेपाली स्वाभिमानको रक्षक बनाउने कि कुनै साम्राज्यबादी देशको पिछलग्गु, अपहेलित र भाडामा चल्ने सिपाही बनाउने ? दश, नेपाललाई बिश्वका साम्राज्यबादीहरुले आबस्यक पर्दा खरिदकालागि भाडाका सिपाही उत्पादन गर्ने देशको रुपमा बदनाम गराउने कि अन्तराष्ट्रिययतावादी भाईचारा, शान्ति र स्थिरता स्थापना गर्ने अन्तराष्ट्रिय अग्रदस्तामा बिकाश गर्ने ? यि बिषयहरुमा पुरानो सत्ता र हाम्रो पार्टीका बिचमा एकसय असी डिग्रीको फरक मान्यता रहेको छ ।
पुरानो सत्ता जनताको अधिारको स्थानमा दलाल पूजीपति र पूजीबादीको अधिकारको पक्षमा रहेको छ, दलाल पू“जीबादको बदनाम छोप्न “निर्बाचित प्रतिनीधि”, “बालिक मताधिकारको प्रयोग” “आबधिक निर्बाचन”को दुहाई दिने गरेको छ । देशलाई स्वधिनताको ठाउमा उ भ्रष्टाचार, तस्करी मार्फत आफ्नो बर्ग र परिवारको राजनैतिक स्थान बनाउन पराधिन बनाउन चाहन्छ र बिदेशी हस्तक्षेपलाई निम्त्याई रहेको हुन्छ । पुरानो सत्ता देशमा राष्ट्रिय उध्योग खोल्नुको बदला देशलाई बिदेशी बजार बनाउन चाहन्छ । उ, देशको नागरिकलाई देशभित्र रोजगरी सृजना गरी देशको आर्थिक उत्रति गर्नुको बदला देशको युवाहरु बिदेशी श्रमबाजारमा बिक्रि गरी बिप्रेशणमा राजकाज चलाउन चाहन्छ । उ, आफ्नो कुर्ची र कमिसन रक्षा गर्न अनियन्त्रीत बैदेशिक लगानी गराउन चाहन्छ र देशको उध्योगहरु धाराशाही पार्न चाहन्छ । उ, नेपाली शेनालाई बुट देखि सुट सम्म भ्रष्टाचार गर्ने, प्रति ब्यक्ति निश्चित डलर कमिसन असुल्ने गरी बिदेशी युद्धमा प्रयोग हुने भाडाको सिपाहीको रुपमा प्रयोग गर्दै आईरहेको छ । उसले सिंगो देशलाई भाडाका मजदुर र भाडाका सिपाही उत्पादन गर्ने देशको रुपमा बद्नाम गराई रहेको छ । सरकारले अगाडि सारेको “वार्ता”को प्रसंग आउ“दा यसप्रकारको बेथिति युक्त बिद्धेमान दलाल पूजीबादी राज्य ब्यबस्थाको अन्त्य गरी त्यसको स्थानमा जनतन्त्र, स्वाधिनता, र जनताको समृद्धि स्थापना गर्ने बिषयमा सरकारको धारणा के हो ? त्यो स्पष्ट हुनु पर्छ ।
हामीले तत्कालिन माओबादी अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन सात संशदवादी पार्टीहरुसंग पनि २०६२–६४ सम्म वार्ता, संबाद र सहमति गरीएका थियौ । सम्बैधानिक पञ्चायतको अन्त्य गरी जनबादी गणतन्त्र, दलाल पूजीबादको अन्त्य गरी नया“जनबादी सत्ताको स्थापना, पूजीबादी अधिनायकत्वको अन्त्य गरी सर्बहारा बर्गको नेतृतवमा जनताको जनबादी अधिनायकत्व स्थापना गर्ने लक्ष सहित त्यो “वार्ता” बनेको थियो । यो बार्ता जनताको अधिकार स्थापित होस भत्रे मनसायका साथ भएको थियो । यसमा सिद्धान्ततः संशदवादी पार्टीहरु पनि सहमत भएका थिए, जसको परिणामनै “बृहत शान्ति सम्झौता” भएको थियो । त्यस अन्तरगत जनताले निर्माण गरेका जनसत्ताहरु बिस्थापित हु“दै गए । जनसत्ताले स्थापना गरेका क्रान्तिकारी सस्कृतिको बिस्थापन सुरु भयो । अन्तरजात तथा अन्तरजातीय बिबाहहरु भंग हुन थाले । जनसत्ताका कारण समाप्त भएका छुवाछुत, बोक्सी धमी, जात–जाती बिभेद जस्ता कुरीतिहरु पुनस्थापित भए । देशमा गणतन्त्र ल्याउने जनमुक्ति शेना बिघटन गरियो र त्यसका नेताहरुलाई पार्टी भित्र र बाहिरका पूजीपतिको मुनाफाकालागि बदनामपूर्ण कामहरुमा उद्धत गराईयो । प्रत्यक्ष या परोक्ष रुपमा देशमा महीला, मुस्लीम, मधेसी, लगायका बिभित्र उत्पीडित जाती, जात र क्षेत्रका जनताका अधिकारहरु खोसी“दै गए । पुरानो मुलुकी ऐनको बिस्थापनसंगै नया“ बनाईएको ऐनमा महीलालाई बर्बर युगको यातनामा धकेलिएको छ र ब्यक्तिगत स्वतन्त्रताको दुरुपयोग गर्दै शाशकहरुलाई हीटलर मुसोलीनी मात गर्ने तानाशाहमा बदलीएको छ ।
कथित शान्ति प्रक्रियामा यसप्रकारका संकेतहरु देखा परे पछि पार्टी भित्र अन्तरसंघर्ष पैदा भयो । पर्टी भित्रबो अन्तरसंघर्षको प्रक्रियामा प्रचण्डले कुनै समयमा हामीसंगको भनेका थिए, “ठुलो जहाज मोडिन लामो फेरो पार गर्नु पर्छ” । त्यसको तात्पर्य थियो, पाटीे संशदवादी दिशामा तैरिन बाध्य भएको अवस्था बदलीएर क्रान्तिकारी बाटोमा आउन लामो यात्रा तय गर्नु पर्ने छ । प्रचण्डको मनचिन्ते जहाज अहिले फेरो मार्ने कुनै सम्भावनामा होईन, संशदवादको समुद्रमा डुबीसकेको छ । हिंजको माओबादी पार्टी संशोधनबादीहरुसंगको सहकार्यमा एकीकृत माओवादी र माओबादी केन्द्र हु“दै एमालेमा पतन भैसकेको छ । यो प्रक्रियामा तत्कालिन माओबादी पार्टीको जहाज मस्तूल समेत नदेखिने गरी जनताको आ“खाबाट संशदबादी समुद्रमा हराईसकेको छ ।
पालुनटारबाट फर्केपछि पार्टी अलग ह“ुदा एउटा पार्टी किरणको नेतृत्वमा र अर्को पार्टी प्रचण्डको नेतृत्व चल्यो । त्यतिबेला प्रचण्डले बहिर एक प्रकारको राजनैतिक सहमतिको झा“सा दिन खोज्दै थिए, जसमा प्रचण्डको नेतृत्वमा रहेको पार्टीले संशद भित्र संघर्ष गर्ने र किरणसंग भएको पार्टीले बाहिर संघर्ष गर्ने नीति अपनाएको देखाउन खोजिन्थ्यो । त्यसलाई पार्टी बाहिरका कतिपयले कामी ड“ड बैठकको निर्णय ”जनयुद्ध, जनसंघर्ष वार्ता र कुटनीति”, र “सदन, सडक र सरकारबाट दबाब” दिने अर्थमा दुई पार्टीले तालमेल गरेको बुझिरहेका हुन्थे । यी अफवाहहरुका बिपरित वास्तबिकतामा यौटै कुरा पुष्टि हुन्थ्यो जसको उद्यस्य माओवादी आन्दोलन बिघटन गर्नु थियो । जुन रुझान प्रति हाम्रो आसंका थियो, जुन रुझान सैद्धान्तिक, राजनैतिक र बर्गसंघर्षका दृष्टिले संशोधनवादी हुन्थ्यो र जसका कारण हामीले पार्टी अलग गरेका थियौ, त्यो अहिले शत प्रतिशत सहि साबित भएको छ, र प्रचण्डको बिसर्जनबाद, नबसंशोधनबाद पुष्टि भएको छ । “बार्ता”को प्रसंगमा के एमाले र माकेका नेताहरुले हिजोका दिनहरुमा प्राप्त गरेका अनुभवहरुबाट हिजका दिनमा गरेका गल्तीहरुलाई वार्ता द्वारा सच्च्याउने हिम्मत गर्ने छन् ? यो बिषय पनि उनिहरुको रुझान त्यति स्पष्ट हुन सकेको छैन ।
एकातिर “बार्ता”को हल्ल गरिएको छ, तर अर्को तिर सभा सम्मेलन गर्ने, जुलुस प्रदर्शन गर्ने, गोष्टी र बिबेचना गर्ने हाम्रो पार्टीका सम्पूर्ण कार्यक्रमहरुलाई निशेध गर्ने हर्कत गरीएको छ । हाम्रो पार्टीका स्थायि समितिका सदस्य क. प्रकाण्ड, पोलीट ब्युरो सदस्यहरु पदम राई, उमा भुजेलु, कृष्ण धमाला गम्भिर, मोहन कार्की जीबन्त, ओम पुन, केन्द्रीय सदस्यहरु देबनारायण यादब, दिपेस, असल, आजाद लगायत तमाम कमरेडहरुलाई गिरफतार गरीएको छ । गिरफतार गरीएका कमरेडहरुलाई देशभर घुममाईएको छ र नया“ नया“ मुद्धाहरु भिडाईएको छ । हाम्रो पार्टीमाथि जुन प्रकारले राजनैतिक प्रतिशोध र सत्ताको दुरुपयोग गरीएको छ र जनताका बिचमा जान, बिचारमा प्रतिस्प्रधा गर्न बन्देज गर्न खोजिएको छ, त्यसलाई बुर्जुवा अधिनायकत्वको असली प्रयोगका रुपमा लिन सकिन्छ । गजबको कुरा त के छ भने, “कानुनको राज”को दुहाई दिने सरकारले अदालतको आदेशलाई लत्याई रहेको छ र सब्य शाशन ब्यबस्थाका सम्पूर्ण मूल्य मान्यताहरुलाई लत्याईएको छ । त्यतिमात्र होईन, हाम्रो पार्टीले अहिले संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन गरेको छ । त्यो अभियानबाट आतंकित हु“दै, हाम्रो बिचार र राजनीतिमा प्रतिस्प्रधा गर्न नसकेपछि, पार्टी प्रति जनताको समर्थन भत्काउन देश ब्यापि रुपमा सादा पोशाकमा हाम्रो पार्टीका बिरुद्ध सुराकीहरु छाडिएको छ, फोनहरु पछ्याईएको छ, र कतिपय स्थानहरुमा शशस्त्र प्रहरी र जनपत प्रहरी हतियार सहित परिचालन गरीएको छ । घर–घरबाट नेता र कार्यकर्ताहरु गिरफतार गरीएको छ । सरकारको यो रवैयालाई कसरी बुझ्ने ? के सरकारको यो रवैयालाई हाम्रो पार्टीले पनि “जस्ताको तस्तै ” “मियाकी जूती मियाकी सर” का रुपमा बुझ्ने र ब्यबहार गर्ने ?
यो सरकारबाट देशमा भैरहेको राष्ट्रघात, जनबिरोधी कामहरु, महंगी, भ्रष्टाचार, तस्करी, ब्यभिचार, कालाबजारी, देशको लुटखासोटका बिषयहरु त्यसै उठाएका होईनौ । देशको बिकाश गर्ने उर्जा उत्पादन गर्न माथिल्लो कर्णाली, अरुण तीन, पश्चिम सेती, माथिल्लो मस्र्याङदी जस्ता जलबिद्धुत आयोजनाहरु राष्ट्रले सके आफ्नो लगानीमा नसके ऋणलिएर संचालन गर्नु पर्छै भन्दा हाकाहाकी, आफैले मात्रे सपथ खाएको प्रचलित कानुन मिचेर बिदेशीलाई हस्तान्तरण गर्नु, देशभित्रैबाट शीलान्यास गर्नु राष्ट्रघात होईन ? घुसखोरी गर्दीन भनेर एैलान गरको सरकारका २००० (दुई हजार) भन्दा बढी “जनप्रतिनीधिहरुको” नाममा एक बर्ष भित्रै भ्रष्टाचारको मुद्धा पर्नु भ्रष्टाचार मुक्त शाशन हो ? जनतालाई दिने सुबिधा शून्य राखेर २००० (दुइ हजार) प्रतिशत सम्म कर बृद्धि गर्नु जनबिरोधी काम होईन ? सुन देखि सामान सम्म तस्करी गर्ने “ठुला माछ”हरु नसमातिनु तर साना माछाहरु माथि कार्यबाही गरेको मात्र देखाउनु के राजनैतिक सुद्धता हो ? सरकारी वहदामा भएकाहरुको संरक्षणमा बलात्कारी र हत्याराहरु रहनु के यो कुशाशनको नमुना होईन ? शशोधनबादी खजनाको झीटीकुटी नेकपा को सरकार सामान्यतया बहुमत र गठबन्धन सहित दुईतिहाई पुगेपछि यो सरकारले संशदभित्र बोल्ने अधिकार समेत बन्द गरायो र बोलकाहरुको आवाजको पनि कुनै मूल्य राखेको छैन । यस प्रकारको प्रणालीलाई फासीबाद नभनेर के भत्रे ? यी समस्याहरु ब्यक्तिका भन्दा बढी सत्ताको चरित्रका हुन् । सत्ताको चरित्र दलाल पूजीबादी हुनुको कारण त्यसबाट सृजित तमाम अन्तरबिरोधहरु ह्ुन्छन् जसको समाधान संसदबादी जनतन्त्र या भारतीय लोकतन्त्रले दिन सक्दैन, संशदीय सत्ताको उन्मुलन र जनबादी बैज्ञानिक समाजवादले मात्र दिन सक्छ । सरकारले यो “वार्ता”को प्रस्ताव अगाडि सारीरह“दा के देशलाई यो फासीबादबाट मुक्त गर्न जनताको जनतन्त्र स्थापना गर्न सहमत हुने छ ?
यतिबेला सिंगो माओबादी कम्युनिष्ट आन्दोलन अझ शशक्त रुपमा पुनर्गठित, ध्रुबिकृत र सबलिकृत हुन आबस्यक छ । आफ्नै जीबनमा अनेक उतारचढाब, अनेक उथलपुथल, अनेक प्रकारका अनुभवहरु संगालेर क्षेत बिक्षत बनेका माओबादी नेता बाबुराम भटराई, प्रचण्ड र किरणहरु माओबादी आन्दोलनमा फर्कनु पर्छ । प्रचण्डहरु जस्ता नेताहरुबाट यसप्रकारको कदमको अपेक्षा गर्नु अतिरन्जना र इतिहासको मजाक जस्तो हुन सक्छ । तर, संशदवादी रसातलमा डुबेका बाहेक, संशदीय ब्यबस्थाबाट समाजवाद आउने भ्रममा परेका र बैज्ञानिक समाजवादी परिबर्तनकालागि लडेका सबै कमरेडहरु ध्रुबिकृत हुन सम्भव र आबस्यकता छ । अहिले कम्युनिष्टहरु क्रान्तिकारी कार्यशिामा माओवादी आन्दोलनको बिकाश गर्न हातमा हात र कदममा कदम मिलाएर अगाडि बढ्नु पर्छ । यो तथ्यलाई माओवादी आन्दोलनमा जीबन अर्पण गरेका शहिदहरुको रगतको सपथ लिएर सबै कार्यकर्ता र नेताहरुले भिषण पहल गर्नु पर्छ । यदि कुनै कम्युनिष्टले देशको हबिगत र जनता प्रतिको दायित्व बोध गर्न सक्छ भने, यदि कुनै पनि कम्युनिष्ट ब्यक्तिगत मुनाफामा नफ“सेर देशको उत्रति र प्रगतिको बाटो चाहन्छ भने, यदि कुनै कम्युनिष्ट बिश्वमा उत्कृष्ट समाजको निर्माण गर्न चाहन्छ भने र यदि साथीहरुले आफु“लाई अनुभववादी मान्दैनन् र बैज्ञानिक बिधि मात्रे कुराको दावी गर्छन भने र यदि बृहत शान्ति संझौतासंगै क्रान्तिकारी आन्दोलनको बिसर्जन गरी संशदवादी रसातलमा माओबादी नाक डुबाउनु परेको पिडा र बेईज्जतीको अनुभूति गरेका छन् भने सबै नेता र कार्यकर्ताहरुले यो तथ्यलाई राम्रो गरी मनन गर्नु आबस्यक छ कि अब माओवादी आन्दोलनमा फर्कने समय आयो । माओवदी पार्टी जीबीत छ, माओवादी आन्दोलन एकीकृत जनक्रान्तिको कार्यदिशामा जीबीत छ । क्रान्तिको आबस्यकता सम्पूर्ण नेपाली जनताको आबस्यकता हो । यो अवस्थामा सबै माओबादीहरु, सबै कम्युनिष्टहरु एक ठाउ“मा आउ“ । वार्ता गरौ, सहमति गरौ, दलाल पूजीबादको अन्त्य गरौ, देशको स्वाभिमान, समृद्धि र स्वधिनताको बाटोमा अगि बढौ । अहिले हाम्रो पार्टी बिरुद्ध जे ब्यबहार भईरहेको छ त्यसबाट यो प्रष्ट हुन्छ कि वार्ताको नाममा सरकारले धम्कीको भाषा बोलिरहेको छ, सत्रुताको ब्यबहार गरिरहेको छ र हाम्रो पार्टीलाई युद्धमा धकेल्ने षढयन्त्र गरीरहेको छ । ‘आए संशदवादी रसातलमा आईज, नआए बन्दुकले उडाईदिन्छ’ु, ‘इन्काउन्टर गर्छु’ ‘जेलमा सडाउ“छ’ु भत्रे अहंकार र षढ्यनत्रको प्रदर्शन सरकारले नगरोस । किनकि, जनताको हत्या गरेर, जनताका मुद्धाहरुको हत्या गरेर सरकार र सरकारी गुटहरुको केही समयसम्म स्वर्थ सिद्ध हुन सक्ला, तर त्यो दिगो हुने छैन । जनताको प्रतिरोधले रक्षानमा पु¥याईएको संसदीय ब्यबस्थाको भबिस्य छैन र त्यसले देशको भलो गर्न पनि सक्दैन । सरकारी दमनले जनताको प्रतिरोध बाहेक अरु केही जन्माउने छैन र एक दिन जनताले यो प्रबृत्तिलाई चिहानमा सुताई दिनेछन् ।

प्रतिक्रियाहरु