सरकारको काधमा प्रतिसोधको बन्दुक – नरबहादुर कार्की

सरकार, सबै खालका आक्रोसको गहिराइलाई बुझ्ने हो भने त्यहा मान्छेका अधुरा र अपुरा आवश्यकता छन । यि अपुरा आवश्यकताको नजर अन्दाजले महाभारतदेखी विश्वयुद्द भएका थिए । यो साक्षरता सरकारलाई कस्ले देला ! प्रहरीलाई कस्ले सम्झाउने कि पात्र होइन- मुद्दाले बिद्रोही जन्मिन्छ । सुकुम्बासिको पक्षमा लडेको युवा नेतालाई गोली हान्दा- हजारौ सुकुम्बासिको झुपडी भित्र- यो हत्याको अर्थ के लागि रहेको होला ? यसरी पदमा बस्नेको प्रतिसोधले मुलुक चौपट भएका दर्जनौ उदाहरण छन । होइन नेपालमा कम्युनिष्ट हुनु अपराध र जनताका अधुरा आवश्यकताको प्रतिनिधित्व गर्दै अझ न्यायोचित र उन्नत ब्यबस्थाको बहस नै गर्न नपाउने’ हो भने- हजारौ सहिदको बलिदानिलाई के जवाफ दिने?
जनता कसैलाई सधैंको लागि पारीत गर्दैनन, राज्यको चरित्र र भरोसा लायक/नलायकपन देखेर बिकल्प आँफै जन्माउछ । बिकल्प मार्ने तिर जब सत्ता पुग्छ, त्यो ठण्डा अवस्था हो । जमेको अवस्था । एस्तो अवस्थामा तपाईं मर वा मार होइन, भिन्न तरिकाले बाँच्न सिक्नु पर्छ । सार्बभौम जनताले तपाईंको पदावधी वा अर्को निर्वाचन पर्खन्छन भन्ने हुँदैन । उनिहरुका आवश्यकता- आजको काम, बेलुकिको खाना, हिजो मागेको घुस, पर्सी छोरीको बिहे, पसलेले सुनाएको भाउ र गाउमा बिकासको बजेट सक्नेले मिलेर खाए, श्रीमान खाडीबाट जिउदो फर्केलान नफर्केलान यि आदी कुरा सँग मतलब छ ।
५ बर्ष तपाईंको साततारे जिन्दगी सुरक्षित छ कि छैन सँग उनिहरुलाई मतलब छैन । यहाँ काठमाण्डौमा डिआइजि भेला पारेर- तपाईं स्थिरताको ग्यारेण्टी खोज्नुहोला ठिकै छ तर त्यो चाहनाले- जनताका अधुरा आवश्यकता उत्तरित गर्लान त? सरकार प्राबिधिक भयो भने जनता आफ्नो भावना उपेक्षित भएको ठान्छन नै । जुन प्राबिधिक र प्रशासनिक मेडीसिन प्रयोगमा उत्रनु भएको छ, यो भन्दा ठुलो रेजिमको मेडीसिन सँग जनता बानी परेका छन ।
अधिकारको सवाल उठाउनेहरु मौन छन किनकी उनिहरु सरकारको कुभलो हेरिरहेका छन, अहिले राजनीतिक सोच होइन आपसी लडाईंमा राता झन्डा जमिनमा ढलेको देख्न चाहनेहरु कुनामा बसेर खुचिङ भन्दैछन । सरकारलाई दमनको उर्जा दिने ति मान्छे हुन जो बाचुन्जेल हेग सम्झाउने र मर्नेबेला तपाईं उसैको निम्ती रोएको देख्न चाहन्छन । समग्रमा मैले यो भन्नु छ कि हरेक पटक गोली चल्दा तपाईंले पाएको मत मध्य १ लाख मत अबिश्वासको पक्षमा जान्छ । पछाडिका बाह्य कारणको पन्तरो अहिले खोतलेर पनि काम छैन, किनकी तपाईंहरुले खाटी किसिमको सत्ताको चश्मा लाउनु भएको छ । युद्द ब्यापारिको ब्रिफिङ र तपाईंहरुको नाशको बाटो सिकाउनेहरु भित्रिया भएका छन ।
इत्तेफाक नै भन्नु पर्छ, हाम्रो नाता जनता सँग र तपाईंको नाता जनबिरोधि सँग जोडीयो, एउटै घरमा हुर्केका भएपनी ।
धेरै बिग्रेको छैन अझै I पुग्ने ठाउको पिर हो भने- तपाईंलाई पनि जनताले पुर्याउलान त्यो सपनाको गन्तब्यमा I तर म पनि जान्न र तिमीहरु पनि नजाउ भन्नेहो भने- जनताको लस्कर निर्मम हुन्छ- भिरबाट खासालेर अगाडि बढ्छन । सम्झिनुस त एकपटक ति सबै पूर्व मन्त्री र पदाधिकारी जस्को तस्बिर भित्तामा जरुर छ तर जनताको नजरमा कहाँ छन?
मेरो बुझाई र मैले एकित्रित गर्न सक्ने अनुमान यत्ती हो कि- तपाईंका आजका समाधान भोलिका ग्लानी नबनुन । ईतिहासले हामीलाई ग्लानी नदोहर्याउने चेतना दिन्छ सत्ताले एउटा हास्यास्पद घमण्ड ।
जनताले कसैलाई पनि ‘युद्द’ को माहोल बनाउने अभिभारा दिएका छैनन । आजको जनता आफ्नो सुरक्षा आँफै गर्न सक्छ, डर उनिहरुलाई सरकारको छ । सरकार जनताको पक्ष बाट लडने हो भने, भ्रष्ट, तस्कर, माफिया, कालोबजारी, राष्ट्रघाती एजेण्ट, बेरोजगारी, मिचिएका सिमा, निगमहरुको दादागिरी, कब्जा गरिएका नदी, असुरक्षित किशोरिहरु, दुरदराजको रोग,भूमाफिया आदी सँग लडोस ।
एउटा निहत्था राजनीतिक अभीयन्ताको नियोजित हत्याले ‘शान्तिका पक्षधर- सबैलाई स्तब्ध’ बनाएको छ । कही सत्य त्यस्तो नहोस् -सरकारको काधमा अर्कैको वा प्रतिसोधको बन्दुक ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>