सय वर्ष पुरानो सुरुङमार्ग अलपत्र

काठमाडौं, १३ साउन । बारा र मकवानपुर जोड्न करिब १ सय वर्षअघि निर्माण गरिएको सुरुङमार्ग संरक्षणको अभावमा अलपत्र बनेको छ । बाराको चुरियामाई मन्दिरबाट मकवानपुरको जोड्न बनाइएको सुरुङमार्ग ४५ वर्षसम्म संचालनमा आए पनि अहिले भने अस्तित्व बचाउको स्थितिमा पुगेको हो । देशका विभिन्न स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहँदा १ सय वर्ष अघि निर्माण भएको सुरुङमार्ग संरक्षणको पर्खाइमा छ ।राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बारा र मकवानपुरको सीमानामा पर्ने चुरे पहाड छेँडेर बनाइएको सुरुङ्मार्ग अहिले अस्तित्व बचाउको संघारमा पुगेको हो ।
तत्कालीन समयमा भारतको रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्ने गरेको र त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म पुग्न चुरे पहाड बाधक बनेपछि चुरियामाई मन्दिर परिसरबाटै सिभिल इन्जिनियर डिल्लीजंग थापाको अगुवाइमा सुरुङमार्ग बनेको इतिहास छ । चुरियामाइ मन्दिरका पुजारी राजु नगरकोटी त्रिभुवन राजमार्ग बनेपछि २०२१ सालसम्म चलेर सुरुङमार्ग बन्द भएको बताउँछन् । प्रदेश र स्थानीय सरकारले गुरुयोजना बनाएर यसको पुननिर्माण गर्ने जानकारी पाएको उनको भनाइ छ ।
५ सय मिटर लम्बाइको यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो रहेको छ । जसलाई स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक दी हिमालयन किङ्डम अफ नेपाल’मा यो सुरुङले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् । जीर्ण बन्दै गएको सुरुङमार्गलाई भूकम्पले थप क्षतिग्रस्त बनाएको छ । सुरुङका डिजाइनर इन्जिनियर डिल्लीजंग थापाका पनाती/पनातीना पटकपटक अवलोकनमा आएको र यसलाई व्यवस्थित गरेर अवलोकनका लागि खुला गर्ने योजना सुनाएको स्थानीय दिलीप नगरकोटी बताउँछन् । जितपुर सिमरा उपमहानगरपालिकाले गत बर्षको बजेटले मन्दिरमा पुननिर्माण गरेको र अब सुरुङको पुनःनिर्माणमा लाग्ने वडाध्यक्ष मणिक लामाको भनाइ छ । भूकम्पपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर अवलोकन गर्न निषेध गरेको छ । यता हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै इन्जिनियर थापाको अर्धकदको शालिक बनाउने जानकारी गत वर्ष नै गराए पनि अहिलेसम्म कुनै सुरसार देखिएको छैन । –प्रकाश लम्साल/ईमेज

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>