सम्भावित तेस्रो विश्वयुद्ध वा नयाँ शितयुद्ध – विष्णु पन्त

१. अर्थतन्त्र र शैन्यशक्तिको होडबाजी
आज हामी सन् २०२० को विश्वमा छौं । आज विश्वको सुपर पावरको भन्नेमा फेरि होडबाजी शुरु भएको छ । अमेरिका पहिलो भन्ने डोनाल्ड ट्रम्पको नारा उनको पहिलो कार्यकालको अन्तिमसम्म आउँदा धरापमा पर्ला जस्तो भएको छ । धेरै पुँजीवादी विश्लेषकहरुले प्रक्षेपण गरिरहेका थिए कि अब छोटो समयमै चीनले अमेरिकालाई उछिन्ने छ । नभन्दै अप्रत्याशित रुपमा कोरोना महामारीले विश्वव्यापी आक्रमण ग¥यो र त्यसले सबैभन्दा बढि क्षति अमेरिकी अर्थतन्त्रलाई गर्ने अनुमानहरु सहितमा साबित भए । यो अवस्थामा अमेरिकाको मुख्य चुनौति चीन बनेको छ । कोरोना महामारीलाई रोक्नका लागि चीन विजयी भयो र अमेरिका पराजित बन्यो । यो सत्यबाट अमेरिका अशान्त बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो असफलतालाई विषयान्तर गरी चीन र विश्व स्वास्थ्य संगठनमाथि दोषारोपण गर्ने नीति लिएका छन् । झुटो कुरालाई सय पटक दोहो¥याएर त्यो सत्यजस्तै हुन्छ भन्ने सिद्धान्तमा टेकेर राष्ट्रपति ट्रम्पले निरन्तर चीनमाथि आक्रमण गरिरहेका छन् । आज चीनका विरुद्ध थुप्रै व्यापारिक नाकाबन्दी र प्रतिबन्धको घोषणा गरिँदै छ । विश्व व्यापार संगठनका प्रमुखको अमेरिकी राष्ट्रपतिसँग विवाद हुनासाथ उनले राजीनामा दिन बाध्य भए । शायद विश्व व्यापार संगठनप्रति अमेरिकी दबाबमा काम नगरे त्यसको विघटन हुने सम्भावना प्रबल हुँदैछ ।
आज चीनको हुवावे कम्पनी अमेरिकी आक्रमणको पहिलो शिकार बनेको छ भने थुप्रै चिनियाँ कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको योजना बाहिर आएकै छ । चीनका विरुद्ध घेराबन्दी, प्रतिबन्ध र नाकाबन्दीको रणनीतिलाई आक्रामक रुपमा कार्यान्वयनमा लैजाने अमेरिकी रणनीति बनेको छ । कोरोना महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति माग गर्दै त्यसका लागि चीनलाई जवाफदेही बनाउने अभियानमा केही अमेरिका निकट राष्ट्रहरु खुलेरै प्रस्तुत भएका छन् । ब्राजिल, बेलायत र अष्ट्रेलियाका सरकार प्रमुखहरु अमेरिकाका पक्षमा बोलिसकेका छन् । अहिले घेराबन्दी र नाकाबन्दीका हिसाबले एकातर्फ चीनको हङकङलाई प्रयोग गर्न खोजिँदैछ भने अर्कोतर्फ साउथ चाइना सि र ताईवानलाई प्रयोग गर्न खोजिँदै छ । विस्तारै तिब्बतलाई पनि प्रभावित गर्ने षड्यन्त्रहरु हुँदैछ । घेराबन्दीकै अस्त्रअनुरुप अमेरिकाले चीनका विरुद्ध भारतलाई उक्साउँदै छ । त्यसका लागि एकातर्फ भारतमा चिनियाँ सामानमाथि प्रतिबन्ध लगाउने र अर्कोतर्फ चीनमा रहेका थुप्रै ठूला बहुराष्ट्रिय कम्पनीहरुलाई भारतमा स्थानान्तरण गर्ने अभियानमा अमेरिका छ । अझै अर्कोतर्फ भारत र चीनको सीमा विवादलाई चर्काउने र चीनलाई हैरान पार्ने रणनीतिअन्तर्गत लद्दाखमा दुवै देशबीच शैन्य अभ्यास बढ्दैछ ।
चीनलाई तहसनहस पारी एशियाबाट भारत फस्ट बनाउने हदसम्म अमेरिकाले लविङ्ग गरिरहेको छ । हालै मात्र भारत र चीनबीचको सीमा विवादमा मध्यस्थताका लागि अमेरिका तयार रहेको भन्दै राष्ट्रपति ट्रम्पको प्रतिक्रिया आएको थियो । यसबीच चीनका विरुद्ध नेपाललाई पनि प्रयोग गर्न खोजिएको छ । पहिलो त टनकपुरमा रहेको भारतीय सेना, दोश्रो लिपुलेकमा भएको अतिक्रमण र सडक निर्माणबाट चीनका विरुद्ध भारतले निगरानी बढाउन सुरु गरेको छ । लिपुलेक विवादमा एकजना भारतीय नेताले भनीसकेका छन्, ‘चीनलाई निगरानी गर्नका लागि लिपुलेक भारतलाई चाहिन्छ र त्यो भूमिलाई भारतले छाड्न सक्दैन ।’ उता एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेशनको माध्यमबाट अमेरिका सिधैँ नेपालमा आउन चाहन्छ, जसका लागि भारतको समर्थन प्राप्त गरिसकेको छ ।
चौतर्फीरुपमा चीनका विरुद्ध गर्न लागिएको घेराबन्दीका विरुद्ध चीनका राष्ट्रपति सी जिङपिङले जनमुक्ति सेना (पीएलए) र पिपल्स आर्मी पुलिस फोर्सका प्रतिनिधिहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै ‘युद्धका लागि तयार रहन’ निर्देशन दिएका छन् । सीको भनाई उधृत गर्दै समाचार एजेन्सी सिन्हाले भनेको छ– ‘सेनाले सबैभन्दा खराब स्थितिको कल्पना गरेर, त्यसबारे सोंचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितिसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै पुरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकाससम्बन्धी हितको रक्षा गर्नुपर्छ ।’ कतिपय चिनियाँ सञ्चार माध्यमले लद्दाखमा भएको भारतीय सेनाको गतिविधिप्रति आपत्ति जनाउँदै भनेका छन्, ‘भारतीयहरु अमेरिकाको साथ पाएर उनीहरुकै उक्साहटमा उफ्रिरहेको र उनीहरुलाई चीनले राम्रो सबक सिकाउने’ आशयका समाचार सम्प्रेषण गरिरहेका छन् । उता भारतीय सञ्चारमाध्यमले, चीनलाई राम्रो सबक सिकाउने आशयका समाचारहरु पनि सम्प्रेषण गरिरहेका छन् । भारतीय सञ्चार माध्यमले ‘चीनलाई इँटको जवाफ पत्थरले दिन भारत सक्षम रहेको’ बताइरहेका छन् । भर्खरै मात्र अमेरिकाले लेजर हतियारको सफल परिक्षण गरेको बताएको छ र यो हतियारले आकाशमै लक्षित मिसाइल वा हतियारलाई नष्ट गर्न सक्ने बताइएको छ ।
२. विश्वको ध्यान एशियातर्फ
कतिपय विश्लेषकहरुले भनेका छन् कि अबको विश्व एशियातिर केन्द्रित हुनेछ अर्थात् विस्तारै विश्वको शक्ति एशियातर्फ केन्द्रित हुनेछ । एशियामा चीन र भारतले धेरैलाई आकर्षित गर्नेछन् । दुवै देश आपूmलाई थप मजबुत र सुदृढ बनाउने अभियानमा छन् । चीनले हङकङको व्यवस्थापनमा विशेष जोड दिएको छ र त्यसको साथै साउथ चाइना सी र ताइवानमा उसले ध्यान केन्द्रित गर्दैछ । भारतको छिमेकी देशहरुसँगको सम्बन्धमा विश्वासको संकट कायम छ र छिमेकी साना देशहरुमा हस्तक्षेप गर्ने सीमा अतिक्रमण गर्ने र हेप्ने प्रवृत्तिका कारण उ कमजोर हुँदै गइरहेको छ । जनसंख्याको हिसाबले चीन र भारतलाई पृथक गरेर वा कम आँकेर जानु अन्य राष्ट्रका लागि आत्मघाती बन्न सक्छ । त्यसकारण भारत र चीन एक आपसमा भिड्दा दुवैलाई नोक्सानी हुनेछ भने सहकार्य गर्दा दुवैलाई फाइदा हुनेछ ।
३. संयुक्त राष्ट्र संघको अस्तित्वमाथि अमेरिकी हस्तक्षेप
विश्वमा सबै राष्ट्रलाई मान्य हुने संस्थाको रुपमा संयुक्त राष्ट्रसंघको उदय भएको हो । तर, संयुक्त राष्ट्रसंघलाई शक्तिराज्यले आफ्नो अनुकूल हुँदा मात्र त्यसलाई प्रयोग गर्ने र प्रतिकुल हुँदा त्यसलाई इन्कार गर्ने गरेका छन् । हालै अगस्ट ३१ मा विश्व व्यापार संगठनमा प्रमुख वा डाइरेक्टर जनरल रोबर्ट अजेभेडोले राजीनामा दिए र उक्त राजीनामाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरे । त्यस्तै कोरोना महामारीको सन्दर्भमा अमेरिकाको सबैभन्दा आक्रमणको निशानामा विश्व स्वास्थ्य संगठन प¥यो । विश्व स्वास्थ्य संगठनले निष्पक्षता र स्वतन्त्रतापूर्वक काम गरेकोमा अमेरिकी राष्ट्रपति आक्रोशित बने । उनले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिने सहयोग बन्द गरेको घोषणा गरे । विश्व स्वास्थ्य संगठनले चीनलाई सहयोग गरेको वा चीनको पक्ष लिएको आरोप लगाइयो ।
४. अमेरिकाको निशाना चीनतर्फ केन्द्रित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारै आफ्नो आक्रमणको निशाना चीनलाई मात्र बनाउँदै छन् । उत्तर कोरिया, इरान, भेनेजुयला, क्यूबा र सिरियाजस्ता देशहरुतर्फ अमेरिकी निशाना विस्तारै कमजोर हुँदै गरेका हो कि भनेर अनुमान गर्न सकिन्छ । त्यसको बदलामा उसको निशानामा चीन परेको छ । किनभने अबको विश्वमा चीनले आपूmलाई शीर्ष स्थानमा वा पहिलो स्थानमा पु¥याउने सम्भावना प्रबल छ । उता चीन झन् पछि झन् विशाल र शक्तिशाली बन्दैछ । तिब्बतको मामला अहिले हराइसकेको छ र अहिले हङकङ चर्केको छ । अब विस्तारै हङकङ चीनकै काखमा आउने छ । त्यसपछि उसको ध्यान ताइवान र साउथ चाइना सीमा हुने देखिन्छ । परिस्थितिले चीनलाई झनै मजबुद र शक्तिशाली बनाउँदै छ ।
५. चीन र अमेरिका द्वन्द्वमा रुस र भारतको भूमिका
अहिलेसम्मको स्थितिमा रुस र चीन थोरै हिसाबले सहकार्य गरिरहेका छन् । खासगरी विश्वमञ्चमा अमेरिकी हस्तक्षेप र दादागिरीका विरुद्ध दुवै देश एक ठाउँमा छन् । रसिया भन्नासाथ लेनिन र स्टालिनले बनाइदिएको पूर्वसोभियत संघ अर्थात् विश्वकै सुपर पावर राष्ट्र भन्ने अनुभूति हुन्छ । उसले अहिले पनि मौका कुरिरहेको छ, फेरि सुपरपावर बन्न । अहिले पनि अमेरिकाको काउन्टरमा चीन र रसिया सहकार्य गरिरहेका छन् । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनका विरुद्ध रसियासँग दूरी कम गराउने रणनीतिमा छन् । त्यसो त डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा जिताउनका लागि रसियाको हात थियो भन्ने मत अमेरिकामा कायम नै छ । शायद अमेरिका र चीनबीचको युद्ध वा शीतयुद्धबाट रसीयालाई फाइदा पुग्न सक्छ । आजसम्मको मनोविज्ञान र ऐतिहासिक तथ्यले भन्छन्, ‘अमेरिका–रुस मैत्रीपूर्ण सम्बन्धमा विश्वासिलो वातावरण छैन र त्यो असम्भव प्रायः छ ।’
घुमाई फिराई भारत पनि आपूmलाई ‘सुपरपावर’ बनाउन चाहन्छ । भारत दक्षिण एशियामा आफ्नो वर्चश्व कायम गर्दै चीनलाई कमजोर बनाउन सकेमा एशियाकै शक्तिशाली हुँदै विश्वकै शक्तिराष्ट्रमा विकसित हुने दाउमा छ । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विशाल भारत’ वा ‘महान भारत’को नारा लगाई उनी पनि सी जिङपिङ वा भ्लादमीर पुटिन जस्तै विश्वकै शक्तिशाली व्यक्तिमा आपूmलाई लिपिबद्ध गर्न चाहन्छन् । उनले भित्र हिन्दुज्जमको नारा र भारत महान्को नारा लगाएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघको स्थायी सदस्य वा भिटो राष्ट्रमा भारतलाई राख्नका लागि सक्रिय लविङ्ग गरिसकेका छन् ।
६. अमेरिकामा डोनाल्ड ट्रम्पको भविष्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल सकिँदै छ र दोश्रो कार्यकालका लागि उनी चुनावी मैदानमा उत्रिएका छन् । उनका प्रतिपक्षी डेमोक्रेटिक पार्टीको तर्फबाट पूर्वउपराष्ट्रपति जोन बाइडन प्रतिष्पर्धामा खरो उभिएका छन् । चुनावी सरगर्मी बढ्दै जाँदा ट्रम्पको धेरै आलोचना बढ्दै गएको छ । थुप्रै विवादास्पद निर्णयका कारण ट्रम्पको भविष्य अनिश्चित बन्दै जान सक्छ । यस्तो अवस्थामा ट्रम्पको नीतिलाई अन्धविश्वास गरेर निर्णय गरिहाल्ने अवस्था उसका निकट राज्यलाई पनि छैन । जस्तो कि अमेरिकालाई थप कमजोर बनाउने हो भने फेरि पनि ट्रम्पले चुनाव जित्नुपर्छ भन्नेहरुको पनि मत बढेको छ । ट्रम्पले एक पटक भनेका थिए, ‘आपूmलाई हराउन चीनले जस्तोसुकै उपाय अपनाउन सक्नेछ ।’ पछिल्लो पटक उनको निशानामा सामाजिक सञ्जाल पनि परेका छन् । त्यसकारण चुनावको सरगर्मी बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको भविष्य अनिश्चित हुनु स्वभाविक छ । यस्तो अवस्थामा ट्रम्पको चीन विरोधी अभियान वा मोर्चाबन्दीमा अन्ध समर्थन गर्ने राष्ट्रहरुको फितलो निर्णय सावित हुनसक्छ ।
७. सम्भावित तेस्रो विश्वयुद्ध या नया“ शितयुद्ध
वास्तवमा अहिलेको विश्वमा शक्तिको होडबाजी चलिरहेको छ । कोरोना महामारी पछि अमेरिका र चीनबीचको संघर्ष सतहमै आएको छ । यदि चीनका विरुद्ध व्यापारिक प्रतिबन्ध, घेराबन्दी र नाकाबन्दी जारी रहेमा त्यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा धक्का लाग्ने छ । चीनलाई धेरै नै भड्काउनु अमेरिकाका लागि पनि खतरा हुनेछ । अब धेरै कुराको निर्धारण अमेरिकाको आगामी राष्ट्रपतिको चुनावबाट हुने आँकलन गर्न सकिन्छ । फेरि एक पटक विश्वमा युद्धहरु भड्किने वा पुनः शीतयुद्धमा जाने सम्भावना प्रबल बन्दैछ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>