सम्पर्कहीन विमान बाजुराको बगरमा भेटियो

२०७५ जेष्ठ २ गते, बुधबार

काठमाडौं, २ जेठ। सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कहीन भएको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।
सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । महाप्रबन्धक क्षेत्रीले विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेको बताए । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएपछि खोजीकार्य अघि बढाइएको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु