समाजिक दलाल पुँजिबाद संसदबादी संकटको बिकसित रुप हो – झपेन्द्रराज वैद्य

२०७४ फाल्गुन १ गते, मंगलवार

बाम गठबन्धन साम्रज्यबाद र बिस्तारबादले डिजाइन गरेको कम्युनिष्ट बिरोधी गठबन्धन हो। गरिबी अशिक्षा बेरोजगारीले पिल्सिएका नेपाली जनता भावनात्मकरुपमा कम्युनिष्ट पार्टीमा आस्था राख्छन्। यो कुरा दलाल पुँजिबादलाई असह्य भएको छ। यसै संकटले घेरिएको छ दलाल पुँजिबाद। यसैले देशी बिदेशी प्रतिक्रियाबादीले समाजबादको मीठो नारा दिएर आशन्न संकट टार्न थालेका छन्। जनताको ध्यान समाजबादको गुलियो नारामा मोडेर आफ्नो सत्ता टिकाउने असफल प्रयास गरिरहेका छन्। जनतालाई क्षणिक दिग्भ्रमित पार्दै आएका छन्। संसारमा असफल हुदैगएको संसदबादलाई ढाक छोप गर्न समाजबादको कार्ड फालेका छन् संसदबादी हरु। देखाइएको छ बिकास र समृद्धि। शोषक। फटाहा र पार्टीकै सीता खानेहरु त आफ्नै स्वर्थमा लागेर कम्युनिष्टको नारा दिएका छन् भने साधारण जनतालाई कम्युनिष्टको भ्रममा परेर भोटको खेती गर्दै आएका छन्। यसैले ६५ प्रतिशत भोट ल्याएर जितेको बताइन्छ। चुनाब जित्ने आधार एउटा त म्रम नै हो तर सबभन्दा ठूलो आधार भनेको जनतामा डर त्रास र बल प्रयोगको तानाशाही नृत्य देखाउनु हो। ने.क.पा को आस्था बोकेर केही नगरेका घरैमा सुतिरहेका निर्दोष जनतालाई थुनछेक गर्ने कायरताको पराकाष्ठा गरेर चुनाबको सीट संख्यामा उफ्रीरहेका छन्। बहिष्कार त हुन्छ। यो संबिधान प्रदत्त अधिकार हो। तर सरकार निकै आतंकित बन्यो। सुरक्षामा आजसम्मकै ठूलो धनराशी खर्च भयो। प्रतिपक्षले पनि सरकारलाईमात्र सचेत गराएन अन्तरराष्ट्रिय तहमा पनि हारगुहार माग्यो।। तानाशाही सरकारमा यो हुनेगर्छ। कुनै अनौठो कुरा भएनर्र्र्र्। यसले बिद्रोहीको ठूलो शक्ति रहेछ भन्ने उनीहरुले नै साबित गरिदिएका छन्।
समाजबाद अहिले जनतामा भ्रम सिर्जना गर्ने माध्यम बनेको छ। मान्छे गरिब भए पनि उसले धनबहादुर नाम राखेको हुन्छ। नाममात्रले खाश केही फरक पर्दैन। भन्नलाई जे भनेपनि हुन्छ। पंचायती कालमा पनि सत्ता टिकाउन राम राज्य भन्दथे। जे भने नि काम ब्यबहार र गुणमा फरक पर्छ। समाजबाद भनेको वास्तबमा योग्यता अनुसार काम र काम अनुसार माम हो भने साम्यबाद योग्यतानुसार काम र आवश्यकतानुसार माम हो। समाजबादमा सबैलाई रोजगारी , शिक्षा, स्वास्थ्य जनतन्त्र र जनजिबीकाको ग्यारेन्टी हुन्छ। राष्ट्रियता सुद्दढ र दरिलो हुन्छ। एकपटक समाजबाद भैसकेका देशहरुले संशोधनबादको बाटो समाती पुँजिबादमा बिलय भए। क्युवा र उ.कोरिया भने समाजबादकै बाटोमा हिँडन कोशिस गरिरहेका छन्। अझै सवल छैनन्। हुन त फा्रन्स, जर्मन, यु.एस.ए.आदि देशहरुमा पनि क्रान्तिकारी पार्टी नभएका होइनन। तर ती ठाउँहरुमा कम्युनिष्टको सरकार छैन। भारतीय जनता पनि दह्रो तरिकाले समाजबादको अपेक्षा राखेर लडिरहेका छन्। कम्युनिष्टको देश हो नेपाल तर यहाँ कम्युनिष्टको सत्ता छैन। कम्युनिजम नेपाली जनताको मुटु मुटुमा अल्झेको छ। एमाले र मा के का कैयौं कार्यकर्तामा पनि कम्युनिष्टको भावना छ। उनीहरुले पनि क्रान्ति चाहेका छन्। तर मूल नेताहरु आफ्नो स्वार्थ सिद्धिमा लागेर बेचिएका छन्।
नेपाल अहिले दलाल पुँजिबादको पकडमा छ। भारतीय बिस्तारबादले नेपाललाई दर्जनौं ठाउँबाट हस्तक्षेप गरिरहेको छ। हालै बीरगञ्जमा ५० बिगाहा जमीन भारतले कब्जागरिरहेको छ। नेपालको हजारैं हेक्टर जमीन भारतले हस्तक्षेप गरिराखेको छ। उपल्लो कर्णली, अरुण तेस्रो आदि योजनाहरु नेपालको हीत बिपरित भारतले लिएको छ। उपल्लो कर्णलीबाट चार हजार मेगाहट बिद्युत उत्पादन हुनसक्छ भने भारतीय जी.एमसँग जम्मा नौसय मेगाहटमा संझौता गरिएको छ। नेपालको बिद्युत भारतबाट किनेर ल्याउनुपर्ने अवस्था छ। सप्तकोशीमा उच्च बाँध बनाउने तरखरमा छ भारत। यसले बर्षामा सम्पूर्ण तराई नै डुवाइदिन्छ। उच्च बाँध नबन्दै त गत वर्ष तराईमा कैयौ धनजनको क्षति भयो। सयौं मानिसहरु घरबार बिहिन भए। अझ उच्च बाँध बनाएमा के कस्तो अवस्था आउला? सहजै अनुमान गर्नसकिन्छ। कैयौँ जंगे पिलरहरु नेपालतर्फ सारिएका छन्। यस किसिमको हस्तक्षेप हुनु दलालीकरण मार्फत नेपालमाथि नियन्त्रण राख्नु भन्दा अरु केही होइन। चिनलाई दिइसकेको बुढीगण्डकी आयोजना पनि भारतको दबाबमा फिर्ता गरेर नेपाल सरकारले आफै बनाउने भनेको छ। बिस्तारबाद सोझै आउदैन। दलाल नेताहरुले नै आफ्नो स्वार्थ सिद्धिगर्न बोलाउँछन्। राजनीतिको रिमोट भारत कै हातमा रहदै आएको छ। भारतले नै नेताहरुलाई कुर्सीमा बसालिदिनुपर्छ।। चीन नेपालमा नपसोस भन्ने भारतको चाहना छ। अहिले बिना मौशमको बाजा बजेको छ। सरकार बन्नु कहा छ कहाँ । भारतीय बिदेश मन्त्री सुष्मा स्वराज बिदेश सचिबसाथमा आएर सरकारलाई उछुनेर सोल्टी होटेलमा गएर भावी हुने प्रधानमंत्री के.पी वली समक्ष भेट गरिन। १ घण्टा सम्म गरिएको भेट वार्ता गोप्य राखिएको छ। यो कुरा एमालेकै बरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथलाई समेत पचेको छैन। वन टु वन वार्ता के हो अझै कसैलाई थाह छैन। जे होस नक्कली राष्ट्रबादको नारा उदांगो भैसकेको छ। १९५० को असमान सन्धीको समाधान गर्ने कुरा त टाढै छ हालै भएको हस्तक्षेपको बारेमा समेत सरकार पनि चुप छ प्रतिपक्ष पनि चुप छ। दलाल पुँजिबादको यस्तै हुन्छ। बिदेशी हस्तक्षेप बिरुद्धको पर्चापम्पलेट सरकारले टिपेर फालिदिन्छ। पर्चा टाँसनेलाई गिरफ्तार गरेर सरकारले राष्ट «बिरोधी भावना देखाएको छ। बिदेशी हस्तक्षेपलाई सेवा गरेको छ। हिँजमात्र उपल्लो कर्णालीको जलबिद्युतको अफिसमा ३ महिने भण्डाफोर अभियान अन्तरगत ने.क.पाले बिरोध जनाउदै तोडफोड गरेको खबर छ।
आज राष्ट्रियता,राष्ट्रिय स्वधिनता र जनजिबिका बडो पेचिलो बन्दै गएको अवस्था छ। महंगी भ्रष्टाचार, कमिशन, तस्करी बढेर देश लथालिंग अवस्थामा छ। जुन मन्त्रिहरु छन् प्रायः उनीहरुनै भ्रष्टाचारी छन् भने कस्ले भ्रष्टाचार नियन्त्रण गर्ने? प्रश्न गंभीर छ। सरकारमा गएर कसरी तर मार्ने? औषधीको नाममा होस या त बिकासको नाममा कसरी देशको राजस्व लुटने? यही ध्यानमाछन् संसदीय पार्टीहरु। के.पी.वलीको खोक्रो राष्ट्रबाद उदांगो भएको छ। स्वास्थ्य चेकअप गर्ने नाममा बैंककमा भारतीय रअको एजेन्टलाई भेटेर आएको कुरा मेडियामा प्रशस्त पाइन्छ। कम्युनिष्टको नाम भजाएर आएको भोटले नपुगेर सत्ताको लागि हारगुहार गर्नुले के.पी. वली पनि लम्पसारबादमा फसेको बुझिन्छ। बाम गठबन्धनको नयाँ नारा दिएर नेपालमा कम्युनिष्टलाई समाप्त पार्ने नयाँ योजना हो यो। एउटा हरियो घाँसको हरियो सर्प। खाश अर्थमा यो बाम नै होइन। कम्युनिष्टका न्युनतम आधार भूत मूल्य र मान्यता छैन यसमा। कम्युनिष्ट नाम दिने तर बर्ग समन्वय अपनाउने। बाख्रो र बाघ एउटै खोरमा राख्दा बाख्रो कुन दुनियामा रहनसक्छ? बाख्रो बाँच्छ कि बाँच्दैन? यो कुराको हेक्का राख्नुपर्छ। अर्को कुराः कम्युनिष्टको सिद्धान्त, कम्युनिष्ट नीति र कम्युनिष्ट बिचार हुन्छ। तर यस गठबन्धनमा कम्युनिष्ट सिध्याउने प्रपञ्च छ। शान्तिपूर्ण तरिकाले बलप्रयोग नगरिकन यो दुनियामा कहीँ पनि कम्युनिष्टको सत्ता आएको इतिहास छैन। ला भनेर कुनै पनि सत्ताले आफ्नो सत्ता सुम्पदैन। कम्युनिष्ट भनेको साम्राज्यबाद, बिस्तारबाद बिरोधी हुन्छ। तर यहाँका कम्युनिष्ट शासकहरुको सत्ताको लागि दिल्लीमा दौड धूप हुन्छ। समाजिक पुँजीबादी आत्मसमर्पणबाद एउटा सिक्का हो। बाम गठबन्धन र प्रजातान्त्रिक शक्ति दुईवटा पाटा हुन। उनीहरुको बर्गीय चरित्र एउटै हो। तर अहिलेको लागि बाम हरियो साप बनेर जनतालाई छक्काइ राखेको छ। एमाले र माओबादी केन्द्र कम्युनिट नै होइनन।
प्रचण्डको नेतृत्वमा १५।१६ हजार जनता मारिए। हजारौं बेपत्ता भए भने हजारौं घाएल भएका छन्। खैः तिनीहरुको हिसाब किताब? रगतले साटेर ल्याएको हतियार खै? तिनीहरुको सपना खै? के भनेर प्रचण्डले जनयुद्धमा नेतृत्व गरे ? कुन आधारमा छोडे। बिजय सुनिश्चित हुँदा हुँदै बीच बाटोमा ल्याएर प्रचण्डले कार्यकर्तालाई कुकुरले हाड छोडेजस्तै छोडे। नेताहरुले भने आलिसान महल बनाउने तर कार्यकर्ताहरुको बस्ने बास छैन। खाने गास छैन। बिचल्लीमा छन् उनीहरु। केही नलागेर हजारौं बिदेश पलायन भएका छन्। अरब खाडीमा पसिना बगाइरहेका छन्। यसरी समृद्धि हुन्छ नेपाल? समृद्धि हुन्छ भने नेताहरुको समृद्धि हुन्छ। नयाँ नयाँ तरंग नयाँ लय र नयाँ रंग रोगन। संसदीय ब्यबस्था असफल भएको देखेर अस्थाइ भ्रम नेपाली जनतामा छर्न दलाल नेताहरुले समाजबादको नारा दिएका छन्। वास्तबमा लम्पसारबादी समाजबादी पुँजिबाद भन्नु प्रजातन्त्र र बाम गटबन्धनको एउटै सिक्का हो। उनीहरुको स्वार्थ एउटै हुन्छ। लोकमानलाई ल्याउनु र फाल्नु उनीहरुको एउटै स्वार्थ हो — लुटको धन पचाउनु। जब जब पोल खुल्ने डर हुन्छ त्यसबेला महाभियोग लगाएर लोकमान सिंह कार्कीलाई फाल्नु उनीहरुको साझा उद्देश्य हो। पञ्चायतको तुलनामा केही मात्रात्मक कुरा सकारात्मक भए पनि यथास्थितिबादीको साझा अबधारणा अनुसार संबिधानको निर्माण भयो। यसले उत्पीडित बर्गलाई सम्बोधन गर्न सकेको छैन। धनको खोलो बग्ने निर्बाचनमा गरिब जनता निर्बाचनमा उड्नसक्ने अवस्था थिएन। समानुपातिक समाबेशीमा पनि धनीमानी बर्ग नै हुन्छन्। राष्ट्रिय सभामा पनि परिवारबादकै बोलवोला छ। जनता उकसमुकुस छन्। हुने खानेलाईमात्र छ लोकतन्त्र। बिचारमा होइन चापलुसी, पदप्रतिष्ठा र धन आर्जनमा चलेको छ पार्टी। अब एउटै बिचार र आस्था र एउटै रणनीति भएका पार्टीहरु ध्रुबीकृत हुनुमा कुनै बिकल्प छैन। सबभन्दा ठूलो क्रान्ति हो। परिवर्तन हो। समाज रुपान्तरण हो। उत्पीडित जनताको मुक्तिको सवाल हो। सच्चा बामपन्थी, साम्राज्यबाद र बिस्तारबाद बिरोधी देश भक्त शक्तिहरुको एउटै कार्यगत एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनजीबिकाको पक्षमा प्रतिक्रियाबाद बिरुद्ध हरेक कोणबाट एकीकृत क्रान्ति गर्नुको कुनै बिकल्प छैन। अहिले ने.क.पा बिप्लभ माआबादी र क्रन्तिकारी माओबादी बीच ध्रुबीकरण र कार्यगत एकताको सवालमा सहकार्य भैरहेको अवस्था छ। यसमा देशका सचेत युवा, देश भक्त, परिवर्तनकामी बुद्धिजीबि र पत्रकारहरु तथा आधा आकाश ढाकने महिला, जातजाति, दलित,उपेक्षित र अल्पसंख्यक बर्गहरु सबै एक ढीक्का भएमा अवश्य नै नेपाली क्रान्तिले बिजय पाउने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु