सपनाको देश : नेपाल – झपेन्द्रराज बैद्य

सरकारले जे गरे नि बिरोध गरिहाल्नुपर्छ भन्ने होइन। यसो गरे पनि ठीक छैन उसो गरे पनि ठीक छैन यो पनि भनाइ होइन। पूर्वाग्रह होइन। उछितो काटेको पनि होइन। तर यो भने पक्का हो कि यो सरकार बामको मुखुण्डो भिरेको सरकार हो। कम्युनिष्टको आधारभूत सिद्धान्त के के हुन? खै! एउटा पनि देखिदैन। सिद्धान्त र बिचार मुख्य बिषय हुन। कम्युनिष्टको जीवन भनेको बर्ग संघर्ष हो। अर्को शब्दमा बल प्रयोगको सिद्धान्त हो। संसारको इतिहासमा बल प्रयोग नगरिकन कसैले पनि राज्यसत्ता छोडेको छैन। २००७ सालमा कांग्रेसले पनि सशस्त्र संघर्ष गरेकै हो। माओबादी जनयुद्ध र १९ दिने जनआन्दोलन पनि बल प्रयोगमा नै भएका हुन। यसको परिणम संस्थागतरुपमा राजतन्त्र समाप्त भयो। भले संस्कारको रुपमा राजतन्त्रले जरागाडेर बसेको छ। कथित बाम नेताहरुको दिमागबाट राजतन्त्र अझै पखालिएको छैन। आफ्नो बुता हराएर भन्ने गरिन्छ कि न्युल्कियरको युगमा बल प्रयोग गर्न सकिदैन। मिसाइल लन्चर नाइट भिजन रकेट आदि हतियारका अगाडि हामी लड्न सक्दैनौं। भूमण्डलीकृत सञ्चार भएको अवस्थामा राज्यसत्ता पल्टाउन सकिदैन। संसदमा धेरै भोट ल्याए त भैहाल्यो। यसैबाट सत्तामा पुग्नसकिन्छ। के कम्युनिष्ट भन्नु खशीको टाउको देखाएर कुकुरको मासु बिकाउने संसदमा लुटमच्चाउने पार्टी हो? अहिले यस्तै भएको छ। सम्राज्यबादी युरोपियन संघ र रअले जुराई दिएको बाम गठबन्धनको गाँठो र पानी जहाज तथा रेलको सपनाले धेरै भोट ल्याउन सफल भएको हो कथित बाम सरकार। उम्मेदवार पनि धनको मोटो हुनुपर्छ। गरीब कामगरी खाने किशानले चुनाब जित्नसक्दैन। हो सपना त हुनुपर्छ। तर त्यसमा आत्मबिश्वास, लगनशिलता र योजना तथा कार्यक्रमको आवश्यकता पर्छ।
तर सपनामा योजना र कार्यक्रम कहीँ कतै छैन। हावादारी गफ मझेरीभरि फिजिएका छन्। बजेट कसरी ल्याउने? त्यसको स्रोत के हो ? केही खुलाइएको छैन। झन पछि झन महंगी बढेको अवस्था छ। बाहिर जाने युवाहरुको लस्कर यथावत छ। फेरि पनि भूकम्प पीडितले वर्षादमा रात भरि रामराम भनेर रात बिताउने अवस्था आएको छ। हुने बिरुवाको चिल्लो पात देखिन्छ तर सरकार को सय दिन गफैगफमा बितेको छ। सपना बाडदा बाडदै ठीक्क। मानौं सपनाको देश हो नेपाल। आशालाग्दो कुरा भनेको सिन्डीकेटको खारेजी हो तर यो पनि देखावटी छ। निजी ब्यबसायीबाट निगममा फेरिने अवस्था छ। यसबाट झन ब्रम्हलूट हुने खतरा देखिन्छ। तर केही छैन सुधारका कामहरु केही देखिएलान्। केही भए सभ्रान्त बर्गलेमात्र लाभ पाउने हुन। ब्यबस्था परिवर्तन हुदैन। उही सामन्ति पुँजिबादी ब्यबस्था कायम छ। पुरानै संरचना छ। पुरानै शैली छ। खानदान पुरा नै छ। भारत बृटिशको कब्जामा हुदा स्वतन्त्र नेपाल अहिले भारतको नव औपनिबेशिक अवस्थामा छ। बिषय झन बल्झेको छ अहिले। पहिले उग्रदेखिने शक्ति अहिले सत्ताको स्वर्थमा पलायन भएको छ। शिर निहुराएको छ। देख्दा घामजस्तै छलङ्र्ग छ। नेपालको कालापानीमा भारतीय सेनाको अखडा अझै हटाइएको छैन। लिपुलेखमा कब्जा यथाबत छ। बृटिशको पालामा भएको असमान सन्धी १९५०को अझै खारेज गरिएको छैन। नदीनालाका सन्धी हटाउनु त परै छ अरुण तेस्रोको संझौताले झन आगोमा घीउ थपिएको छ। सरकार कहाँसम्म लाचार छ कि भारतीय प्र.म. नरेन्द्र मोदी नेपाल भ्रमणमा आउदा आफूले सुरक्षा दिने हिम्मत नभएर हो कि! भारतीय सेनाले हिमाल पहाड तराईमा मार्चपास गर्दा सरकार एक शब्द पनि बोल्न सकेको छैन। यो सबैलाई जगजाहेृर भएको कुरा हो। यसले नाम कमाईराखेको नेपाली सेनाको मानमर्दन भएको छ।
मुखुण्डो भित्रको अहम्ले फासीबाद जन्माएको छ। पूर्व एमाले र पूर्व माकेको छुट्टा छुट्टै धारको एकीकरणबाट जन्मेको नेकपा बिचारमा कोही पूर्व कोही पश्चिम छन्। कम्युनिष्टको सिद्धान्त र बिचार छोडेर धेरैजस्तो नेता कार्यकर्ताहरु एमालेमा बिलय हुन चाहदैनन्। एकीकरण भएको एक महिना नपुग्दै एउटा समूह अलगिएर ५१ जनाको समिति बनिसकेको छ। सो पार्टीका अध्यक्षलाईमात्र दोष दिएर पुग्दैन। भेडा त नभनौं पार्टीका अन्य नेताहरु आफ्नो बोसले जता तान्यो उतै तानिने भएका छन्। कस्तो निरिह? बिश्वासघात। लाचारी। शहीदहरुको काँध माथि चढेर माथि पुगे। आखिरि शहीदहरुलाई धोका। जसले माथि पुराए। उनैको छातीमा लात? उनैले खनेको बाटोमा हिड्दा अहिले उनैको जेल नेल जानुपर्ने अवस्था छ। स्वार्थी नेताहरुले आफूले खनेर बनाएको बाटो हिड्न छोडे। अर्कै बाटो समाते। शहीदहरुका सपना बेचेर गगन चुम्बी महल बनाए। ती नेताहरुले एक दिन शहीदहरुको मूल्य चुक्तागर्नु पर्नेछ।
स्थाई सरकार भनेर चिल्लाएका छन नेताहरु। दक्षिण तिर स्थाईको साँचो छ। उसले बन्द गरे ढोका बन्द हुन्छ। ती निरिह नेता देख्दा दया लागेर आउदछ। अरुलाई मराएर आफूले शुख सयल, भोग बिलास गर्छन। आफ्नो तलब भत्ताले नपुगेर कमिशनको खेल चल्छ। अहिले प्र.म.को कोषमा ३ अर्ब १० करोड राखिएको छ। मापदण्ड र नियम कानुन नबनेमा उक्त कोष यो र त्योको नाममा कार्यकर्तालाई पोषण गर्नु सिबाय अरु केही हुनेछैन। ३३ किलो सुन त देखिएको कुरा हो। अध्यारोमा कति छ कति? गरीब देशका धनी मन्त्रिहरुका श्रीमतीहरु घर जग्गाको अमीर बनेर बसेका छन्। एक जोर चप्पल लगाएर हिड्ने नेताहरुले के कति बिजनेश गरे? जागिरबाट के कति पैसा हुन्छ? कुनै चमत्कार नभैकन रातारात गगन चुम्बी घर हुनसक्छ? यी सबै शोषण भ्रष्टाचारका अनैतिक खेलहरु हुन। अहिले नाम नलिऊँ हिँजमात्र एक जना मन्त्रि भैसेपाटीमा आएर ७ आनामा बनेको घरलाई साढे छ करोड दिएर गैसके। ५० हजारले कुरा नमिलेको अवस्था छ भने त्यो पैसा कहाँबाट आयो। यो त उदाहरण हो। यस्ता धनाढ्यहरु धेरै नेता छन् जसले शहीदको ब्याज खाएर धन कमाए।
यो इतिहासको प्रहसन हो। रुसमा स्टालिनको मृत्यूपछि ख्रुश्चेभ र गोभौचोभले प्रतिक्रान्ति गरे। नेपालमा तुलसीलाल अमात्यले संशोधनबादको बिजारोपण गरे। क्रान्तिकारी धारको नेतृत्व पुष्पलाल र एम.बी.सिंहले गरे। महाकालीमा राष्ट्रघात भयो भनेर मालेमा फुट आएको हो। त्यस्तै अन्तरराष्ट्रिय तहमा भारत र नेपाल समान छन् भन्ने एउटा प्रसंग र स्रोत नखुलाएको अकुत संपत्ती तथा एकै पटक ४० लाख भारतीहरुलाई नागरिकता दिएको बिषयले एमाओबादी बदनाम भएकोले सच्चा माओबादीहरु बिप्लभ र बैद्य प्रचण्डबाट अलगिएर छुट्टै पार्टी खोल्न सफल भए। फेरि पनि बस्तुगत स्थिति तयार छ भनी एकीकृत ढंगले क्रान्ति अगाडिबढाउन बिप्लभ समूहले छुट्टै पार्टी गठन गरी क्रान्तिलाई अगाडि बढाइरहेको अवस्था छ। अन्याय, अशान्ति र अभाब भएको अवस्थामा क्रान्ति झागिदै गएको छ। समान धारणा र बिचारका माक्र्सबादी र माले मिलेर एमाले भयो भने अहिले पनि राष्ट्रघाती र भ्रष्टहरु एक जुट हुने क्रममा एमाले र माके एकीकृत पार्टी भएका छन।् बिप्लभ र बैद्य समूह पनि ध्रुबीकृत हुने अवस्था छ। अरु सानापार्टीहरु पनि ध्रुबीकृत हुनलागिरहेछन्। दुई धारको राजनीति देखिएको छ नेपालमा। यस हिसाबले प्रमुख अन्तर बिरोध सर्वहारा बर्ग र भारतीय दलाल पुँजिबाद बीचमा छ। सम्राज्यबादले अब दलालमार्फत काम गरिरहेको छ। सम्राज्यबादलाई सघाउन निगमले भूमिका खेल्दै आएको देखिन्छ। यसलाई उत्तर साम्राज्यबादको अवस्था भन्न सकिन्छ। उत्तर साम्राज्यबाद भन्ने कुरा साम्राज्यबाद समाप्त भयो भन्ने होइन। यो बिना तुकको भनाइ हो। यसको सार सम्राज्यबाद अझ बिकसित अवस्थामा छ भन्ने हो। यसलाई असफल पारेर बैज्ञानिक समाजबाद स्थापना गर्न भनी ने.क.पा बिप्लभ माओबादी एकीकृत क्रान्तिको नारा लिएर अगाडि बढिरहेको देखिन्छ। क्रान्तिकारी माओबादीले पनि नयाँ जनबादको नारा लिएको छ। अगुल्टाले हानेको कुकुर बिजुलीदेखि चम्कन्छ भने जस्तै नहोस् । क्रान्ति र परिवर्तनमा आस्थाराख्ने जनताहरुले अपेक्षाका साथ हेरिरहेको अनुभूति हुन्छ। अब दम्भ गर्ने कुरा छैन। नेकपामा गुदी छैन। अर्काले दिएको सामल कति दिन पुग्छ हेर्दैजाने कुरा हो। अब सपनामात्र होइन। सपनालाई ब्यबहारमा उतार्न सक्नुपर्छ। त्यसको लागि आफूले आफूलाई बदल्नसक्नुपर्छ। यही हो मौका भनेर एकातिर प्रजातन्त्रको घाँटी निमोठ्ने अर्को तिर सपनाको हवाइ महल खडागर्ने हो भने भित्री र बाहिरी दलालको पकडमा देश फस्नसक्छ। यसमा सबै देशभक्त सजग र सतर्क रहनुपर्छ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>