सदस्यसचिव भट्ट भ्रष्टाचार आरोपमा निलम्वित

२०७५ श्रावण २३ गते, बुधबार

काठमाडौं, २३ साउन । महिला, बालबालिका तथा समाजकल्याण परिषदले सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वन गरेको छ । पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी पछी छानबिनका लागि भन्दै उनलाई निलम्बन गरिएको जनाइएको छ । भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फि्रज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ । भट्टलाई निलम्बनमा परेपछी मन्त्रालयको सहसचिव बीरबहादुर राईलाई समाज कल्याण परिषदका सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ । यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदमा धेरैको आकर्षण हुने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु