सत्तारुढ नेकपा नेता सरकारी छाप र हस्ताक्षर किर्तेमा संलग्न !

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ , २१ मंसिर । सत्तारुढ नेकपाका स्थानीय नेता गगन पुरीलाई सरकारी जमिन मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको आरोपमा जिल्ला अदालत झापाले सरकारी पक्राउ पुर्जी जारी गरेको छ । उनलाई सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोप लागेको छ । स्थानिय नेता पुरीले दमक नगरपालिका–८ स्थित ११ बिघा सरकारी जमिनलाई मालपोत र नापीका कर्मचारीहरुसँग मिलेर मोरङको पथरीशनिश्चरे नगरपालिकाका ओम प्रकाश पौडेललाई पास गर्न लागेको अवस्थामा प्रहरीले पौडेललाई मंसिर १६ गते पक्राउ गरेको थियो । पौडेल टेम्पो चालक हुन्। नेता पुरी भने फरार छन्। नेता पुरी पूर्व एकीकृत माओवादी केन्द्रका नेता हुन्।भने गएको स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए। पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रबि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत हुन्। ११ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए बापत २ कट्ठा जग्गा मालपोत र नापीका कर्मचारीहरुलाई दिने शर्तमा काम भैरहेका बखत प्रहरीले जग्गा पास गरि लिन तयार रहेका टेम्पो चालक पौडेललाई पक्राउ गरेको थियो। त्यस क्रममा सरकारी छाप र दस्तखत किर्ते गरिएको प्रहरीले जानकारी दिएको छ।
डिएसपी महेन्द्र श्रेष्ठका अनुसार उक्त जमिन व्यक्तिको नाममा पास गराउने कार्यमा संलग्न मालपोत र नापीका कर्मचारी तथा सर्जमिन गर्ने व्यक्तिहरुबारे पनि अनुसन्धान भइरहेको छ। पुरीले उक्त सरकारी जमिन ०७१ सालदेखि व्यक्तिको नाममा पास गराउने प्रक्रिया सुरु गरेको अनुसन्धानबाट देखिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन सराकारी छाप र किर्ते दस्तखत गरेको भेटिए पछि प्रहरीले सत्तारुढ नेकपाका स्थानिय नेता पुरीलाई पक्राउ गर्न झापा जिल्ला अदालतबाट आदेश लिएको छ र प्रहरीको माग वमोजिम जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुरी पूर्व एकीकृत माओवादी केन्द्रका नेता हुन्। स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए। पुरी दमकदेखि पाँचथरसम्म जोड्ने रणनीतिक सडक दमक–रबि सडक निर्माण उपभोक्ता समितिका निर्वाचित अध्यक्ष समेत हुन्।

प्रतिक्रियाहरु