सडक हस्तान्तरण नगर्दै पिच उप्कियो

काठमाडौं, २७ फागुन । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको बागथलादेखि चैनपुरसम्मको कालोपत्रे सडकखण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण नगर्दै पिच उप्किएको छ । उक्त सडकखण्डको निर्माण कार्य गुणस्तरहीन भएका कारण ठाउँठाउँमा पिच उप्कीएर अस्तव्यस्त भएको हो ।
सडकको कालोपत्रे सकेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण नहुँदै बझाङको जयपृथ्वी राजमार्ग अस्तब्यस्त भएको हो । राजमार्गको योजना कार्यालयले काम सम्पन्न गरी हस्तान्तरण गर्ने चरणमा रहेको सडकको अधिकाँस ठाँउको पिच काम नलाग्ने गरी विग्रिएको छ । बझाङलाई अन्य जिल्लासंग जोड्ने झण्डै १ सय ८ किलोमिटर लम्बाइ रहेको एक मात्र जयपृथ्वी राजमार्गको पिच उप्किएर दर्जनौ स्थानमा खाल्डाखुल्डी परेका छन भने कतिपय स्थानमा सडकमै पानी जमेपछि यात्रा गर्नेहरुले सास्ती व्यर्होनु परेको छ । ६ बर्ष पहिले पिच गरिएको खोड्पेदेखि बागथलासम्मको सडक खण्डमा खासै समस्या नभए पनि चार वर्ष अघि पिच गरिएको बागथलादेखी चैनपुरसम्मको ४० किलोमिटर सडकको पिच उप्की सकेको छ । ओटाशिल प्रविधीमा आधारित यस सडकको कालोपत्रे गर्ने काम गुणस्तरहिन भएका कारण छिटो विग्रिएको स्थानीयको आरोप छ ।
जयपृथ्वी राजमार्गको दर्जनौ ठाउँमा खाल्डा परेकाले सवारी साधन चलाउन समस्या भएको सवारी चालक बताउँछन् ।विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको यस सडकको बागथलादेखी झोतासम्म लुम्बीनी लोहनी निमार्ण सेवा र झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ्ग निमार्ण कम्पनी तथा तमैल देखी भोपुर सम्म लामा गोल्डेन गुड निमार्ण कम्पनीले कामको जिम्मा लिएका थिए । सडकमा खाल्डाखुल्टीका कारण गाडीको पट्टा भांचिने र पानी पसेर इन्जिनले समेत काम गर्न छोड्ने अवस्था आएको सबारी चालकहरु बताउँछन् । सडक बिग्रिएकै कारण बाटोमै गाडी विग्रर्दा यात्रुले चाहेको समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । गाडी हल्लिने भएकाले विरामीहरुलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानीयहरु बताँउछन् । सडकको समानान्तर निमार्ण भएका सिंचाई कुलोहरुबाट चुहिएको पानी तथा विभिन्न शाखा सडक निमार्ण गर्दा खसेको ढुङ्गा र माटोले पिच विग्रिएको डिभिजन सडक कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>