‘सच्चा कम्युनिष्ट, राष्ट्रवादीलाई सिध्याउछु भन्नु केपी–प्रचण्डको दिवा सपना मात्रै’

२०७५ श्रावण २५ गते, शुक्रबार

काठमाडौं , २५ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेताहरुको गिरफ्तारीबिरुद्ध बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ती जनाएको छ । संगठनका अध्यक्ष चिरन्जीवी ढकालले आज बिज्ञप्ती निकालेर साउन २२ गते साझ साढे ७ बजे प्रवक्ता प्रकाण्ड सहित बिमर्ष र मिनबहादुरलाई काठमाण्डौ चाल्नाखेलबाट गिरफ्तार गरिएकोप्रति घोर भत्सना तथा निन्दा गर्दै बिना सर्त अविलब्ब रिहा गर्न माग गरेका छन । उनले यसअघि नै पोलिटब्युरो सदस्यहरु जिवन्त, पदम राई, ओम प्रकाश पुन, गम्भिर , केन्द्रय सदस्य आजात तथा अखलि (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बि. क. को सहितका दर्जनौ नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको भन्दै उनीहरुको पनि रिहाईको माग गरेका छन ।
अहिलेको सामाजिक फाँसीवादी, राष्ट्रघाती, दलाल केपी–प्रचण्ड सरकारप्रति विगत जनयुद्ध लगायत नेपालको क्रान्तिकारी आन्दोलनमा महत्वपुर्ण योगदान गरेका पार्टीका नेताहरुको गिरफ्तारीले आखौ देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी जनतालाई थप आक्रोशित बनाएको छ बिज्ञप्तीमा भनिएको छ, नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको विचार, राजनीति, मूल्य मान्यता , ब्यावहार र आदर्शबाट स्खलित भएका केपी प्रचण्डको राष्ट्रघाती प्रवृतिीले नेपालका न्याय प्रमी जनताका लोकप्रिय नेताहरुलाई गिरफ्तार गरेर देशका सच्चा कम्युनिष्ट देशभक्त र राष्ट्रवादीहरुलाई सिध्याउँछु भन्ने कुरा उनीहरुको दिवा सपना मात्रै हुनेछ ।
प्रकाण्डसहितका गिरफ्तार सबै नेता कार्यकर्तालाई रिहा नगरेनेपालका लाखौँ न्यायप्रेमी बिद्याथीहरु सशक्त संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत संगठनले दिएको छ । त्यसबाट उत्पन्न परिस्थीतिको जिम्मेवार स्वयम सरकार हुने पनि बिज्ञप्तीमा जनाईएको छ । साथै अध्यक्ष ढकालले माउ पार्टी नेकपाले आगामि साउन २९ गतेको नेपाल बन्द लगायतका सम्पुर्ण संघर्षका कार्यक्रमहरुको दृढताका साथ सहभागी भई सफल बनाउन पनि अपील गरेका छन ।

प्रतिक्रियाहरु