संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसरहरु – संसारसेन पृथक

हामीले प्रायः हरेक घटनाको संश्लेषण र बिश्लेषण अधिभूतवादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकवादी कोणबाट गरेर मात्र सम्भब हुन्छ बस्तुको ऐतिहासिक भौगोलिकवादी ब्याख्याले मात्रै उस्को गलत र सही जन्म मृत्युको बारेमा स्पष्ट ज्ञान प्राप्त हुन्छ । पहिलो कुरा पृथ्वीमा मानव सभ्यताको बिकास स्वरुप बिगत बर्तमन र भबिष्यको बारेमा बुझ्ने कोसिस अनिवार्य छ मानव समाजमा केन्द्रित र बिकेन्द्रिकृत बसोबास राज्यको निर्माण उत्पादन प्रणाली शक्ति र सम्बन्ध बर्गको निर्माण र वर्गसंघर्ष आदिको अध्ययन अनिवार्य जरुरी छ, जतिबेला मानव समाजमा आठ हजार बर्ष पहिलेदेखि अहिलेसम्म केन्द्रिकृत बसोबास गर्दै आएको इतिहास अध्यन गर्दै जान्छौ । आफ्ना हरेक संयन्त्र निर्माण गरेर मानवले मानबमाथि शोषण र उत्पीडन गर्दै आएको पाउछाँै । सेना, पुलिस हातहतियारले मात्रै समाजमा शासकबर्ग टिक्न असम्भब भएपछि धर्म, संस्कार नियम–कानुन परिधिभित्र सिङ्गो समाज र राज्यलाई बाँध्ने प्रक्रिया सुरु भएको पाइन्छन् । यो अबस्थामा मानबबाट मानबको मुक्तिको प्रश्न कसरी हुन्छ र विकल्प के हो ? भन्ने हजारौं तर्कको बीचमा जन्मिएको बैज्ञानिक विचार माक्र्सवाद हो । यसको बैज्ञानिक तथ्य पेस गर्न पेचदार प्रश्नको निर्माण त्यतिकै उब्जिएको छ ।
माक्र्सवादको बैज्ञानिकता र समाज बिकास बिनाश र विकल्प
समाज दासयुग सामन्तवादी युग हुँदै बिश्व पुँजीवादमा प्रवेश हुँदासम्म महिला र श्रमिक बर्गले उत्पीडनका हजारौं कालखण्डमा नारकीय जिबन बेथित गर्दै आएको इतिहास अध्ययन गर्दा त्यसको मुक्तिको एउटा मात्र बैज्ञानिक अस्त्र माक्र्सवादको जन्म भएको हो । बिश्वका पुँजीवादी राष्ट्र र शासकले माक्र्सवादलाई असफल तुल्याउन गरिएको कसरत र त्यसैमा माक्र्सवादको बिकास भएको उनीहरुलाई पत्तो भएन । माक्र्सको पालाको प्रतिस्पर्धात्मक पुँजीवादलाई ध्वस्त गरेर एकाधिकार पुँजीवादमा परिणत गराएपछि माक्र्सवाद संवत् असफल हुन्छ भन्ने साम्राज्यवादको रणनीति अन्तरबिरोधका हजारौं दलदलमा फस्नु र रूसको अक्टोबर क्रान्ति सफल हुनु माक्र्सवादको बैज्ञानिक सिद्धान्तलाई लेनिनले बैज्ञानिक प्रयोग गरेर सफलतामा पुगाउनु भयो । त्यसपछि साम्राज्यवादले माक्र्स एङ्गेल्सले ब्याख्या गरेको दुईटा बर्ग बोल्गोरिस र पोलिटोरिसलाई बदलेर बहुबर्गमा समाजलाई कसरी लिन सकिन्छ । त्यो कसरत गरेर सर्बहारा श्रमिकबर्ग मध्यमबर्ग नोकरशाही सामन्त बर्गमा समाजलाई बिभाजन गरेर ब्यापारिक पुँजीवादको प्रयोगलाई बढवा दिए । चिनियाँ नौलो जनवादी क्रान्तिले ब्यापारिक पुँजीवादसँग लडेर बिश्वब्यापी पुँजीवादको प्रायको सन्देश दिन सफल रह्यो । त्यसपछि संसारभरि कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षण घनिभूत बढेर गयो झन्डै तेह्र–चौध देशमा माक्र्सवादको प्रयोग भएको पनि ऐतिहासिक तथ्यहरु छन् । प्रतिक्रियावादी प्रचार साम्राज्यले तिनै केही असफलतालाई इस्यु बनाएर माक्र्सवाद असफल र पुरानो भएको जिकिरसमेत गर्छन् । सत्य कुरा के हो भने माक्र्सवादको राजनीति पक्ष असफल भएको हो । सैद्धान्तिक पक्ष असफल भएको भन्ने कुरा उनीहरुको आत्मसन्तुष्टि रजाइँ मात्रै हो किनकि माक्र्सवादलाई असफल पार्न बिश्व साम्राज्यवाद यतिबेला भुमण्डलिकृत पुँजीवादको माध्यमको बाटो भएर नयाँ तरिकाबाट कसरत गरिरहेको छ, जुन कुरा बिश्वको एउटा कुनै पुँजीपतिले संसारभरिका गरिबलाई एक ठाउँबाट शोषण गर्न राष्ट्रिय पुँजीपतिलाइ आफ्नो मातहतमा लिएर दलाल पुँजीवादी बनाउने र पुन? मध्यमबर्गको अन्त्य गरी मानव जातिलाई बेरोजगार मजदुर बर्गमा परिणत गरिरहेको छ । यसबाट अर्कोतिर सुन्दर सम्भावना के देखिन्छ भने मध्यम बर्गलाई मजदुर बर्गसँगै जोडेपछि सर्बहारा श्रमिक बर्ग र मजदुर बर्ग एक ठाउँमा उभिन बाध्यात्मक परिस्थितिमा बिश्वब्यापी समाजवादी क्रान्तिका लागि सुन्दर वातावरण तय हुने देखिन्छ, जसले भुमण्डलिकृत पुँजीवादको एजेन्टको रूपमा खडा गरिएका बहुराष्ट्रिय पुँजीवाद र दलाल पुँजीवाद एक साथ सखाप हुन्छन् जसको बैज्ञानिक प्रयोग बिकसित रूपमा माक्र्सवादको हुने देखिन्छ । तर, वास्तविक रूपमा देखे पनि समस्या भनेकै माक्र्सवादको बैज्ञानिकता भनेकै बिकसित घटनाको बिकसित चेतनाको बिकास गर्नमा बिश्व सर्बहारा वर्गसंघर्षको नेतृत्वको समस्या हो । हरेक राष्ट्रमा भएको वर्गसंघर्षको इतिहास अध्ययन गर्दा फोटोकपी गरेर क्रान्ति गरेर अगाडि बढ्ने बीचमा आइपरेको बिकसित असजिलो अवरोधलाई बैज्ञानिक तवरले छिचोल्न नसकेर वरिपरि घुमी राख्ने घुमन्ते गोलचक्करमा फस्ने अन्ततोगत्वा दक्षिणपन्थी अबसरवाद तथा आत्मसमर्पणवादको लाइनमा रोकिनु नै मूल समस्या देख्यो भुमण्डलिकृत उदार अर्थनीतिका विरुद्धमा सशक्त प्रतिकार गर्न सक्ने राजनीति मूलभूत कार्यनीतिको अपुगनै अहिलेको क्रान्तिकारी वर्गसंघर्षको खाँचो हो । बिज्ञान प्राविधिको युगमा टेकेर भुमण्डलिकृत उदार पुँजीवादले संसारभरिका उत्पीडित राष्ट्र र जनताको श्रम शोषण कसरी गरिरहेको छ र बैज्ञानिक हल के हो भन्ने मूल बहसको बिषय नै टड्कारो बनेर आएको छ । एउटा रोचक पक्ष त के छ भने भुमण्डलिकृत पुँजीवादले पैदा इन्धन र प्राविधिका कारण अबको ६०० (छ सय) बर्षपछि पृथ्वी ध्वस्त हुनेछ भनेर बैज्ञानिकहरुले तथ्यांक पेश गरेपछि बिश्वब्यापी त्रास पैदा भएको छ, जसको लागि प्राकृति संरक्षकत्व अभियान थालेको देखिन्छ । खास समस्या सामाजिक रूपमा उत्पादन प्रणाली भुमण्डलिकृत पुँजीवादी प्रणालीको विकल्पमा बैज्ञानिक समाजवादी उत्पादन प्रणाली कसरी अपनाउने त्यसको लागि बैज्ञानिक समाजवादी क्रान्तिका न्यूनतम कार्यनीति कसरी बनाउने भन्ने जरुरी बिषय हो । कम्युनिस्ट क्रान्तिकारी कहलिएका ब्यक्तिहरु उदार पुँजीवादलाई बोकेर अझ बहुराष्ट्रिय पुँजीको नाम्लो बोकेर राष्ट्रिय पुँजीलाई दलाल पुँजीवादीहरुको पोल्टामा पस्किने हेतुमा देखिनु दुर्भाग्यपूर्ण संकेत हो । बिश्वब्यापी रूपमा भुमण्डलिकृत पुँजीवादका रुपहरु उदार पुँजीवाद र बहुराष्ट्रिय पुँजीवाद हुन् । यसको परिणाम सफलतामा घमण्ड र असफलता भएपछि कुण्ठा आक्रमण हिंसा नै हुन्छन् जसका पछेल्ला उधारण रुस रहँदैन भने पृथ्वी किन चाहियो । उत्तर कोरिया रहेन भने मानव जाति रहँदैन भन्नू पछिल्लो पटक उत्पादन भएको भुमण्डलिकृत पुँजीवादका परिणाम हुन ।
भूमण्डलिकृत पु“जीवादको नकारात्मक संकट र माक्र्सवाद
माक्र्सवाद श्रमजीवि उत्पीडित राष्ट्र र जनताको मुक्तिको बैज्ञानिक विधि प्रक्रियाको दर्शन हो, जसको बिकास र बिस्तारले विश्व साम्राज्यवादीहरु आत्तिएका छन् । माक्र्सवादको बिकास प्रक्रियामालाई तीस हजार बर्ष पुरानो मानव सभ्यता र झन्डै आठ हजार बर्ष पुरानो बर्गिय मानव समाजको ऐतिहासिक अध्ययन गर्ने हो भने एक सय एक हजार बर्षको माक्र्सवादको इतिहास तुलना गर्दा माक्र्सवाद तोतेबोली बोल्न थालेको शिशु जस्तै हो । यसको खुशी र सुन्दर पाटो के छ भने प्रचार बिकास प्रयोगको इतिहास हेर्दा साढे दुई हजार बर्ष पहिलेदेखि निर्माण भएको धार्मिक दर्शनको समेतको प्रयोग अध्यन भएको छैन । बौद्ध दर्शन अध्ययन नगरेकाहरुमा समेत माक्र्सवाद बुझ्ने र अध्ययन गर्ने प्रक्रियामा छन् । बिश्वका तीस प्रतिशत समुदायमा इस्लाम धर्मका बारेमा थाहा छैन । झन्डै १५५ लाई इसाई धर्मका बारेमा थाहा छैन । तर, माक्र्सवाद बिश्वका ७०५ समुदायको दिमागमा पुगेको छ, पाश्चात्य बिचारकहरु समेतले माक्र्सवाद अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट दर्शन हो भनेर स्वीकार गरेको अवस्था हो । यो अबधिमा माक्र्सवादलाई असफल साबित गर्न साम्राज्यवादले आफ्नो अन्तिम अस्त्र भुमण्डलिकृत पुँजीवाद र त्यसको बहुरुपहरु बहुराष्ट्रिय पुँजीवादी बाटो अपनाउनु बाध्यता हो र त्यसका एजेण्टहरु अल्पबिकसित राष्ट्रमा समृद्धिको वकालत गर्नु अस्वभाविक होइन । हकिङको तर्कलाई सापटी लिएर मानव समाजमा उत्पन्न भएको संकटको बारेमा ब्यख्या गर्दा प्रकृति दोहनको कारण पृथ्वी समाप्तिको बाटोमा छ भन्दा राजनीतिशास्त्रले त्यसको निचोड निकाल्न सकेन भने बिश्वब्यापी भुमण्डलिकृत पुँजीवादी उत्पादन बितरण प्रणालीको कारण हो । यसको बैज्ञानिक हल बैज्ञानिक समाजवादी उत्पादन र बितरण प्रणालीको खाचो छ जसको लागि समाजवादी क्रान्तिका आधार मूल्यमान्यताहरु तयारी भएको छ भन्नेनै हो । फेरि पनि दोहो¥याएर भनौँ पहिलो र दोस्रो बिश्वयुद्धले बिश्वब्यापी मानव जीबनमा थुपारेको प्राकृतिक संकटलाई सूक्ष्म अध्यन नगरी मानव सभ्यताको रचनात्मक सुरक्षा कसरी गर्न सकिन्छ ? भन्ने कुरा नै बहसमा आउँछ । एकाधिकार पुँजीवाद र ब्यापारिक पुँजीवादको प्रतिस्पर्धाको कारण पहिलो र दोस्रो बिश्व युद्धको परिणाम निम्तिएको थियोे । त्यस्तै भुमण्डलिकृत उदारपुँजीवादले अर्को बिश्वयुद्धको बाताबरण तयारीको दिसामा जान्छ र अहिलेका शक्तिशाली राष्ट्रहरुले निर्माण गरेका अणु प्रमाणु हाइड्रोजन अस्त्रको प्रयोग घमण्ड प्रायः कुन्ठाको परिणामस्वरूप आइलाग्ने छन्, जस्को बैज्ञानिक विधि मानव सभ्यताको सुरक्षा सम्मानताको लागि बैज्ञानिक हल माक्र्सवाद हो जसले मानव मानवबीचको बर्गीय असमान्तालाई बराबर बनाउने र मान्छेले मान्छेमाथि दमन गर्न बनाइएका हातहतियारको डिस्टोय समाप्तिकरण गर्ने नै हो । यसको बैज्ञानिक बिचार माक्र्सवाद हो । अतः यसमा बैज्ञानिक रुपले बिकास बिश्व मानव जगतमा अनिवार्य बनेको हो ।
माक्र्सवादीहरु असफलताको मूल कारण
एउटा युगमा एउटाको बिचारले समाज बिकासको क्रममा गरेको बिकासलाई हेर्ने हो भने माक्र्सवादी कम्युनिस्ट आन्दोलन सफलता र असफलताको बाटोलाई गम्भीर अध्ययन गरौँ जसले जनताको बर्गबैरिले आफ्नो आधिपत्य कायमै राख्न रुपहरु बदलेर आउँछ । त्योसँग प्रतिवाद गर्न सक्ने विचारमा देखिएको अपुग्तानै माक्र्सवादी असफल देखिन्छन् । अर्कोतिर झन्डै आठ हजार बर्ष पुरानो वर्गीय अखडा तुरुन्तै भत्काउन त्यसको आधार र उपरिसंरचनालाई नयाँ रूपमा लिन माक्र्सवादीहरुले बैज्ञानिक कसरत नगर्नु पनि हो । हरेक राष्ट्रमा विभिन्न समयमा सकारात्मक समाजवादी क्रान्ति भएका छन् । तर, कम्युनिस्ट नेतृत्व छैनन् जहाँ कम्युनिस्टको नेतृत्वमा समाजवादी क्रान्ति भएको छ । त्यहाँ माक्र्सवादमा थप बैज्ञानिकता हुन नसक्नु अनुभववादको बाटो हिँड्नु जसको पछाडि आउने महाबिपत्तीमा क्रमभङ्गता अग्रगामी सोचाइभन्दा यथास्थितिवादी दक्षिणपन्थी अबसरवादमा पतन हुनु दुर्भाग्य मान्नुपर्छ । माक्र्सवादलाई बैज्ञानिक तथा सृजनशील प्रयोग खासगरी होजिमिन्ह र माओत्सेतुङसम्म आइपुग्दा एकाधिकार पुँजीवादसँग लडने र उत्पीडित समुदाय बर्गलाइ मुक्त गर्ने कार्यमा बिकास गरेपछि सफल भएको हुनुपर्छ । त्यसपछि नेपाली वर्गसंघर्षलाई जनयुद्धको माध्यमबाट अगाडि बढाउने क्रममा जनयुद्धप्रति लाखौं जनताको आकर्षण थियोे । साथ र सहयोग हुँदाहुँदै एकाधिकार पुँजीवादले भुमण्डलिकृत पुँजीवादमा बिकास गरेपछि त्योसँग प्रतिरोध कसरी गर्ने भन्ने बिचारको अपुगताको कारण नेपाली वर्गसंघर्ष दक्षिणपन्थी अबसरवादमा आत्मसमर्पण गरेर दलाल पुँजीवादको बाटोमा रुमलिनु अर्को दुर्भाग्य छ । यस्ता क्रान्तिको बीचमा र क्रान्ति सम्पन्न पश्चात् ठिक समयमा बिकसित घटनाक्रमको बिकाससँगै माक्र्सवादको बैज्ञानिक प्रयोगलाई निरन्तरता दिन नसक्नु धेरै इतिहास छन् । यो अबस्थामा माक्र्सवादमा कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको बिकास र विकल्प फर्जी उत्पादनको सिकार भएर सफल हुन सक्तैन, बरु बिश्वब्यापी मानव समाजमा आधारभूत उत्पादन प्रणालीलाई उच्चतम जोड पुँजीको सामाजिकीकरण उत्पादन र बितरणमा सामुहिकीकरणलाई बैज्ञानिक हल मान्ने हो भने माक्र्सवादको बैज्ञानिक बिकास र मानव समाजको रक्षा गर्न सकिनेछ । भुमण्डलिकृत पुँजीवादले बहुराष्ट्रिय पुँजीको प्रयोगले राष्ट्रिय पुँजीलाई कसरी दलाल पुँजीवादमा परिणत गर्न सकिन्छ भन्ने चिन्तनलाई प्रतिवाद गर्न पनि मद्दत गर्ने छ । अर्कोतिर अन्तमा दलाल पुँजीवाद र बहुराष्ट्रिय पुँजीवादको अन्तरबिरोधको कारण हुनसक्ने शक्तिशाली बिश्वयुद्धको रोकावट गर्ने सरल विधि माक्र्सवादमा बाहेक अन्यत्र छैन भन्ने प्रमाणित गर्न सकिन्छ । यो अबस्थामा कम्युनिस्ट क्रान्तिका बैज्ञानिक समाजवादी क्रान्ति जरुरी छ र संभावना नजिक बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>