शैक्षिक सम्मेलन हुदै

२०७६ जेष्ठ २५ गते, शनिबार

काठमाडौं, २५ जेठ । त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ भन्ने नारासहित यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । त्रिविले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी विश्वसामु त्रिविको प्रतिष्ठा उच्च बनाउन सम्मेलन गर्न लागेको जनाएको हो । सम्मेलनमा पाठ्यक्रम, अनुसन्धान, आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी तीनओटा विषयगत प्रस्तुतिहरु हुनेछन् । सम्मेलनमा अमेरिका, बेलायत, फिनल्यान्ड, भारत, सिंगापुर, जापानलगायतका विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले अन्तर्राष्ट्रियस्तरको ज्ञान, अनुभव साटासाट गरी शैक्षिकस्तर माथि उकास्न सहयोग पुर्‍याउने अपेक्षासहित सम्मेलन गर्न लागेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु