शव परीक्षण गरिरहेका चिकित्सकमाथि दूव्र्यहार

२०७६ असार २६ गते, बिहीबार

काठमाडाैं, २६ असार । शव परीक्षण ढिलो गरेको भन्दै डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ । यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल आसपासका अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो । हिजो दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
आक्रमणपछि चिकित्सकले सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएर हिजैबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।
प्रहरीले हिजो बिहान साँढे ११ बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याएको थियो । चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् । साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु