विश्व क्रिकेट लिगमा नेपाल र युएई भिड्दै

२०७४ माघ २८ गते, आईतवार

काठमाडौं, २८ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपाल र युएई भिड्दै छन । प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो । उता युएईले भने पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराउँदा दोस्रो खेलमा क्यानाडासँग २३ रनले हारेको थियो ।
दुई खेलबाट समान २÷२ अंक जोडेको युएई र नेपाल रन रेटको आधारमा क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । आजको खेल जित्ने टोली शिर्ष दुई भित्रै रहने संभावना बलियो हुनेछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ । प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु