विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण

२०७४ माघ २४ गते, बुधबार

काठमाडौं, २४ माघ । अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको अमेरिकाले जनाएको हो । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो । अहिलेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार बहन गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
स्पेक्स एक्सका सिइओले पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता पाएकामा अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको जानकारी दिएका छन् । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार