विश्वकै लामो पुल

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् । एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।
पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ । यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ । यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु