विश्वकप फुटबल हेर्न ‘नेटटिभी स्पोर्टस् एप’

२०७५ जेष्ठ ३० गते, बुधबार

काठमाडौं, ३० जेठ । विश्वकप फुटबलको उत्सुकता एकातिर अनि व्यस्त समय र कामको चटारो अर्कोतिर हुँदा यसका पारखीहरुको सुविधालाई ध्यान दिई न्यू आइटीभेञ्चर कर्पोरेशन लि. नेपालले नेटटिभी स्पोर्टस् एपमार्फत आकर्षक प्याकेज ल्याएको छ । आफ्नो मोबाइलबाट नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु जहाँबाट पनि सजिलै हेर्न सकिने नेटटिभी एप लञ्च गरिसकेको न्यू आइटीभेञ्चरले विश्वकपकै लागि भनेर विशेष फिचरसहित नयाँ एप सार्वजनिक गरेको छ ।
विश्वकप फुटबललाई लक्षित गरी नेटटिभी स्पोर्ट्स एपका रुपमा यो एप गुगल प्लेस्टोरबाट नेटटिभी स्पोर्ट्स सर्च गरेर डाउनलोड गर्न सकिनेछ । यो एप web.nettv.com.np र मोबाइलका ब्राउजरबाट पनि हेर्न सकिनेछ ।
नेटटिभी नेपालको पहिलो IPTV र OTT हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत ११५ च्यानलहरु हेर्न सकिनेछ । नेटटिभीको उपयोगकर्ता करीब १० लाखको हाराहारीमा छन् । यिनै ग्राहकको सुविधा र चाहनालाई ध्यानमा राखी नेटटिभी स्पोर्ट्स एप सार्वजनिक गरेको हो ।
न्यू आईटीभेञ्चरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विश्वकप फुटबल सहजै हेर्न सकिने गरी नयाँ एप ल्याएको हो । यो एपमार्फत फुटबल हेर्ने र विजेताहरुको भविष्यवाणी गर्नेहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
एप विश्वकप फुटबलसंगै विश्वका ९ वटा प्रमुख स्र्पोट्स च्यानल हेर्न सकिनेछ । नेटटिभी डाउनलोड गरेकाहरुले त्यसैबाट र नगरेकाहरुले एपस्टोरबाट डाउनलोड गरेर आफ्नो फेसबुक एकाण्डबाट लगइन गरी वा नयाँ एकाण्डट बनाएर पनि हेर्न सकिनेछ ।
यो एपमा स्पोर्ट्स च्यानल लाइभ स्ट्रिमिङ, लाइभ स्कोर, म्याच फिड, हाइलाट्स, लाइभ कमेन्ट्रीका साथमा विश्वकप फुटबलको प्रत्येक खेल अघि विजेता टोलीको घोषणा गर्ने दुईजनालाई दैनिक आकर्षक पुरस्कार प्रदान गरिनेछ र विजेताको घोषणा पनि एपमै गरिनेछ ।
कम्पनीका अनुसार यो एपलाई विश्वकप फुटबलपछि पनि निरन्तरता दिइने र खेलप्रेमीहरुको चाहना र रुची अनि सुझाव अनुसार परिमार्जन गर्दै लगिनेछ ।
यो एपको प्रमुख प्रायोजकका रुपमा बिबि होलिडज, वल्र्ड लिंक, सस्तो डिल, भायोनेट खल्ती, बुलगार्ड इन्टरनेट सेक्युरिटी लगायतका छन् । यी कम्पनीहरुले विश्वपको सुरुवाती खेलका विजेताहरुको नाम मिलाउनेदेखि फाइनलखेलको विजेताको नाम मिलाउनेसम्मलाई आकर्षक पुरस्कार दिनेछन् । -रमेशकुमार बोहोरा

प्रतिक्रियाहरु