विप्लवद्वारा ‘पुष्कर’का बुबाको निधनप्रति श्रद्धाञ्जली

काठमाडौं, ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’का बुबा गिरिबहादुर श्रेष्ठको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदागराउँदै जेठ ३१ गते शुक्रबार काठमाडौँमा निधन भएको थियो । महासचिव विप्लवले वक्तव्यमा शोकाकुल पुष्करलगायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । गिरिबहादुर श्रेष्ठ महान् जनयुद्धमा तत्कालीन राज्य सत्ताबाट बेपत्ता बनाइएका हेमनारायण श्रेष्ठका बुबासमेत हुनुहुन्थ्यो ।
महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘वर्तमान केपी–पीके कम्पनीको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको छ । कमरेड पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको छ । बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नु भएको तर उहाँको अन्तिम इच्छालाईसमेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रूरता र निचताको पराकाष्ठा प्रदर्शन गरेको छ । मानवीय संवेदनशीलतामा समेत क्रूरता प्रदर्शन गर्ने केपी–पीके कम्पनीको यस्तो क्रियाकलापप्रति हामी खेदसमेत प्रकट गर्दछौँ ।’

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>