विद्यालयको जग्गा व्यक्तिको कब्जामा

२०७६ जेष्ठ १ गते, बुधबार

काठमाडौँ, १ जेठ । वेलहिया माध्यामिक विद्यालयको सरकारी जग्गा हडपिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वेलहियामा २०५३ सालमा स्थापित उक्त विद्यालयको १२ कठ्ठा ४ धुर जग्गा भूमाफियाले हडपेका हुन् । विद्यालयको जग्गा सिद्धार्थ नगरपालिका वडा नं. ३ वस्ने ज्ञानीश्वरी श्रेष्ठको नाममा रजिष्टे«शन पास गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले जानकारी दिए । उक्त सरकारी जग्गा व्यक्तिको नाममा पार्नका लागि श्रेष्ठसहित भूमाफिया र तत्कालीन मालपोत अधिकृतसहित मालपोत कर्मचारीको गिरोह नै सक्रिय रहेको बताइएको छ ।
विद्यालयको जग्गा व्यक्तिको नाममा गराउने समयमा मालपोत कार्यालय भैरहवाको प्रमुख मालपोत अधिकृतको रुपमा शंकरप्रसाद सुवेदी कार्यरत थिए भने जग्गा पास गर्ने अधिकृतको रुपमा खिमानन्द आचार्य रहेको बताइएको छ ।
यता आर्चायले भने उक्त जग्गा पास गर्नका लागि आफ्नो कुनै भूमिका नरहेको र आफ्नो नामबाट किर्ते हस्ताक्षर गरेर जग्गा पास गराइएको दावी गरेका छन् । उनले घटनाकोे अनुसन्धानका लागि आवश्यक सहयोग गर्ने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा आफुले गम्भीर अनुसन्धान गर्ने बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु