विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे शैक्षिक हड्ताल

२०७५ जेष्ठ ३० गते, बुधबार

काठमाडौ‌ं, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले आउदो असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने बताएको छ । अध्यक्ष चिरन्जीवी ढकालले हालै गिरफ्तार परेको सो संगठनका कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारलगायतलाई तत्काल रिहा नगरे शैक्षिक हड्ताल गर्ने बताएका हुन् ।
अध्यक्ष चिरन्जीवी ढकालद्वारा जारी विज्ञाप्तिमा सरकारले विना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै मानब अधिकारकर्मी , शिक्षाविद र अन्य बिद्यार्थी संगठनलाई समेत रिहाइको लागि दवाब दिन अपिल गरेका छन ।

प्रतिक्रियाहरु