विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएका आविष्कारको आकर्षण

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौं, २८ पुस । दमकस्थित हिमालय माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको विज्ञान तथा वातावरण प्रदर्शनीमा विभिन्न आविष्कार सामग्रीको आकर्षण रहेको पाइएको छ । प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी ‘रोबोट’, ‘ड्रोन’ र विद्युतीय सेन्सर प्रविधिजडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए । बिहीबारसम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ ।
प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए । ‘दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्’, प्रअ झाले भने । प्रदर्शनीसहितको प्रतियोगिताले विद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए । प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो । प्रतियोगितामा कन्काई नगरपालिकास्थित कन्काई मावि प्रथम, दमकको सूर्याेदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए । -रासस

प्रतिक्रियाहरु