नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलद्वारा नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने उद्घोष

२०७६ आश्विन २९ गते, बुधबार

काठमाडौं , २९ असोज । नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले नेपाली जनताले सञ्चालन गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पोर्तुगलबासी नेपालीको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले विस्तारित बैठक गर्दै यस्तो निष्कर्ष निकालेको हो । मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनमा ऐक्यबद्धता जनाउनेलगायत चार वटा निर्णय गरेको जानकारी अध्यक्ष विश्वकर्मा र महासचिव प्रदीप अधिकारीद्वारा जारी प्रेसविज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा जनाइए अनुसार बैठकका प्रमुख अतिथि युरोप मोर्चाका अध्यक्ष विष्णु भुजेल थिए । बैठकमा महान् सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । नेपालको विद्यमान दलाल तथा संसदीय व्यवस्थाको सामाजिक फासिवादी अभ्यासको विरोध गर्ने र यो व्यवस्थाले सिर्जना गरेकावर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिकलगायत विविध असमानता, विकृति–विसङ्गतिकाविरुद्ध नेपाली जनताको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्ने, नेपालबाट विविध माध्यमबाट पोर्तुगल आइपुगेका नेपालीहरूको समस्या अध्ययन गरी न्यूनीकरण गर्न पोर्तुगलस्थित नेपाली सङ्घसंस्थाहरूसँग संयुक्त मोर्चा बनाएर पहल गर्ने र नव आगन्तुक उदय लम्साल र विकास शाहीलाई सङ्गठनमा आबद्ध गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु