लोपोन्मुख माछा संरक्षण अभियान शुरु

२०७६ असार २५ गते, बुधबार

काठमाडौं , २५ असार । डडेल्धुराको आलिताल गाउँपालिकाको रंगुन नदीमामा माछा संरक्षण तथा सम्बद्र्धनको व्यवस्था गरेर व्यवस्थित माछापालन अभियान थालिएको छ । परशुराम नगरपालिका क्षेत्रभित्रको रंगुनखोला तथा जलाधार क्षेत्रमा संकाटापन्न जातको माछापालनलाई समुदायको जिविकोपार्जनसँगै जोडदै संरक्षणको अभियान चलाइन लागेको हो । जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दैै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयले पनि सकारात्मक रुपमा लिएका छन ।
माछाको संरक्षण सुनिश्चित गर्न नदी क्षेत्रका जनतालाई विषादी प्रयोग नगर्न र लोप भइरहेका माछालाई संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम गरेपछि जोखिमा रहेका ५२ प्रजातीका माछाहरु संरक्षण हुने बताइएको छ । रंगुन खोला तथा जलाधार क्षेत्रका आम नागरिकको सुविधा र जिविकोपार्जन कार्यक्रमका लागी जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ को दफा ४२ बमोजिम आवश्यक निर्देशिका व्यवस्था जारी गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु