लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरण : बादल

२०७० श्रावण १९ गते, शनिबार

काठमाडौ, १९ साउन । खेम थपलियाद्धारा लिखित ‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ शिर्षकको पुस्तक विमोचन गर्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ ले नेपालमा प्रतिक्रियावादीहरुले लोकतन्त्र र चुनावको नाममा सिक्किमीकरणको मुद्दा उठाई रहेको दावी गरेका छन् ।
संवाद डवलीमा भएको सो कार्यक्रममा बादलले चुनावको नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेको चुनावको बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य हुने पनि दावी गरे । ‘अब प्रत्येक गाउँमा चुनाव गर्ने र नगर्नेको दोहरी चल्ने छ, त्यस दोहरीमा राष्ट्रियता बिरोधीहरुलाई हराउनु पर्दछ ।’
उनले आफूहरु माथिबाट वार्ताको गीत गाउने र तलबाट जनताले बहिस्कारको गीत गाउने बेला आएको बताए । उनले भने ‘सुन्दरता र शक्ति बहिस्कारमा छ ।’ महासचिव बादलले सपनाका हत्याहरुको विरोध गर्दै आफूहरुलाई आवेग र आक्रोस नभएको जीवन स्वीकार्य नभएको बताए ।
दुई लाइन संघर्ष भनेको शोषक र शासित वर्गको लाइन भएको विमोचित पुस्तकमाथि चर्चा गर्दै वादलले लेखकबाट जनता र क्रान्तिको पक्षमा प्रतिवद्धता र सक्रियाता भएको बताए ।कार्यक्रममा साहित्कारहरु इश्वरचन्द ज्ञावली, डा.जगदीशचन्द्र भण्डारी, नरेन्द्रजंग पीटरले पुस्कतमाथि टिप्पणी गरेका थिए

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु