भागवण्डाको राजनीति कहिलेसम्म ?

२०७४ पुष ९ गते, आईतवार

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट देशमा गणतन्त्र स्थापना भएको छ । तर, नेपाली जनताले जुन आशा र अपेक्षाका साथ गणतन्त्रका लागि बलिदान गरिेको थिए, त्यसमाथि तुषारापात भएको छ । देश र जनतालाई गुमराहमा पार्दै आपूmलाई मुख्य दल ठान्ने र मान्ने काँग्रेस, एमाले र एमाओवादीले मध्यरातमा संविधान जारी गरे, जुन संविधान आमस्वाभिमानी र परिवर्तनकारी जनताले तत्काल जलाए र यसले देशलाई संकटतर्फ धेकल्ने काम गरेको भन्दै विरोध जनाए । तर, यी तीन संसद्वादी दलहरुले जनताको बोलीको कुनै सुनुवाई गरेनन् । उनीहरु आफ्नो लुटको स्वर्ग कायम राख्न देश र जनतालाई दाउमा राख्दै, त्यही संविधान कार्यान्वयनमा अहोरात्र खटिरहे । हाल यी संसद्वादी दलहरुले आफ्नो स्वार्थअनुकूल लागू गरेको संविधानको कार्यान्वयन भन्दै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको नाटक सम्पन्न गरे । अहिले उनीहरु त्यही आपूmले बनाएको, आफ्नोअनुकूलको संविधानको समेत ससम्मान पालन गर्न नसकेर एक दलविरुद्ध अर्को दल खनिँदै छन् र आफ्नो अनुकूल संविधानको व्याख्या गर्न तल्लिन छन् । यी संसद्वादी दलहरु संविधानलाई आपूmअनुकूल व्याख्या गर्दै सत्ता हत्याउन मरिमेटेर लागेका समाचार सार्वजनिक भइरहेका छन् । अहिले नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसबीच देखिएको मतभेदको मुख्य कारण यही हो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर पाँच वर्षे अवधिलाई भागवण्डा गरेर सत्तामा लुट मच्याउने कुरा गरिरहेका छन् भने नेपाली काँग्रेस पनि सत्तामा आफ्नो बिलो खोजी रहेको छ । यी दलहरुको यस्तो चर्तिकला हेर्दा यिनीहरुलाई सत्ताबाहेक देश र जनताप्रति कुनै मोह देखिँदैन । त्यसैले यी दलहरुको स्वार्थपूर्तिका लागि त्यही अनुकूल बनाइएको संविधानले देश र जनताको भलो गर्न सक्दैन भन्दै नेकपाले विरोध गर्दै आइरहेको थियो र छ पनि । जुन अहिले आएर सत्य सावित भएको छ । यी संसद्वादी दलहरुको सत्ता लुछाचुँडीले देश र जनता भड्खालोमा पर्ने निश्चित भइसकेको छ । तसर्थ, अब देश र जनतालाई बचाउन सबै दल एकजुट हुनुपर्छ । वर्तमान संविधानअनुसार गरिएको यो निर्वाचनको नौटंकीले देश र जनतालाई मुक्ति दिलाउन सक्दैन । त्यसैले अहिलेको सन्दर्भमा देश र जनतालाई निकास दिन देशमा रहेका तमाम दलहरु एकजुट भई अगाडि बढ्नुको विकल्प छैन । देशमा भएका तमाम दलहरु एकै ठाउँमा बसी वर्तमान संकटको समाधान खोज्नु पर्छ, अन्यथा स्थिति भयावह हुने निश्चित छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु