लालभूमि र अचार्दबाजे – वैरागी जेठा

२०७४ चैत्र २९ गते, बिहीबार

सर्वत्र कम्युनिट छ
रिमालबाजेको कालमापनि थियो
अचार्दबाजेसँगै
यात्रा गरिरहँदा
मनमा धेरै कुरा खेलिरहे
लालहरू यतिबेला छैनन्
उनीहरू जन्मिएको आँगनमा
हामी उभिएका छौँ
भँगेरीको महत्व खोज्दै
अचार्दबाजेसँगै छौँ
उनी यसरी कहिल्यै रोएनन् होला
लठ्ठी मिल्काएर
आफ्ना दौँतरीहरूले
उनलाई कैल्यै त्यहाँ लगेका थिएनन्
यसरी अठ्याए की
मेरो आवाज फुत्किन पाएन
प्रगतिशीलहरूले
लखेटीरहेको म
निकै कमजोर थिएँ
धेरै कुराहरू छन्
मैले भने बाजे
तपाईका साथीहरू
आउँनै चाहन्नन् के गर्नुहुन्छ
म सूचित गरिरहेँ
लालभूमिमा निरन्तर बगाईरहे आँसु
ओली दाईले बुझ्छन् की बुझ्दैनन्
अँगालो मारिरहे
जरबुट्टाका शब्दहरूले
निकै शोकाकूल रहे
अचार्द बाजे
उता रिमाल बाजे हिँड्नै सक्तैनन्
वर्तमान प्रगतिशील
उडुसले झैँ टोकीरहन्छ
भँगेरीका अजाहरू छैनन्
आज
यो टुहुरो बालक
अचार्दको काखमा रमाउँदा रमाउँदै पनि
घायल छ
वसन्तको राग छैन
रातामाटाहरूमा
फेरि हेर्छु
लालहरूका आँगन
एकमाइल परबाट
नोललगाएर ल्याइएको
विशाल ढुङ्गामा कैदछन्
गंगालाल र पुष्पलाल
म सोच्छु
यतिखेर
नरेन्द्र र मङ्गोल पुत्र
थिएनन् यात्रामा
मलाई गम्भिर चिन्ता छाउँछ
अचार्द बाजेको जस्तो
कण्ठ थिएन मसँग
युद्ध ,मदनका कविता वाचन गरिहँदा
हृदय उम्लिरह्यो
लालभूमिमा !

प्रतिक्रियाहरु