पाकिस्तानी प्रधानमन्त्री खानले मोदीलाई पत्र लेखे

२०७६ जेष्ठ २५ गते, शनिबार

काठमाडौं, २५ जेठ । पाकिस्तानले कस्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् । खानले मोदीलाई पठाएको पत्रमा कस्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ । मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका छन् ।
यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

प्रतिक्रियाहरु