लहान र बुटवलमा विरोध सभा

२०७० आश्विन २ गते, बुधबार

काठमाडौं, २ असोज । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज सिरहाको लहान र रुपन्देहीको बुटवलमा विरोध सभा गर्दैछ ।चरणवद्ध रुपमा देशका विभिन्न क्षेत्रमा बन्दका कार्यक्रम गरिसकेपछि आजबाट विरोध सभा सुरु गरेको हो । चुनावी प्रक्रियाको विरोधमा रहेको ३३ दलीय मोर्चाले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएको छ । सरकार तथा राजनीतिक समितिसंग भएको सहमति प्रयास विफल भएपछि वैद्य माओवादी मंसिर ४ को चुनावमा सहभागी हुने सम्भावना टरेर गएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु