जनप्रगतिशील मोर्चा युरोपद्वारा गिरफ्तार नेताहरुलाई तत्काल रिहा गर्न माग

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं , ६ फागुन । नेकपा पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेकोमा नेपाली जनप्रगतिशील मोर्चा युरोपले बिरोध जनाएको छ । मोर्चाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासीवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको र यसले यो सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्ै उदाङ्गो पारेको बताएको छ । साथै उसले नेपाल सरकारलाई फासीवादी हर्कत तत्काल वन्द गर्न,जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न,मानव अधिकारको सम्मान गर्न र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा जोडदार माग समेत गरेको छ ।
यस बिषयमा नेपाली जनप्रगतिशील मोर्चा युरोपले जारी गरेको प्रेस विज्ञप्ति : “नेकपा पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेको छ । उक्त सभामा प्रमुख अतिथीको रुपमा सहभागि हुन आएका नेकपाका स्थाइसमिति सदस्य हेमन्त प्रकाश वली,पोलिटव्युरो सदस्य पदम राई,युवा संगठन सम्वद्ध २०० भन्दा वढी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । त्यस्तै गरि उक्त कार्यक्रममा सहभागी हुन आएका नेता तथा कार्यकर्ता चढेका दर्जनौ वसहरुलाई नियन्त्रणमा लिएको छ ।
यसरी पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासीवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरको छ । यसले यो सरकारको सामाजिक फासिवादी तथा दलाली चरित्रलाई छिट्ै उदाङ्गो पारेको छ । हाम्रो संगठन नेपाल सरकारलाई फासीवादी हर्कत तत्काल वन्द गर्न,जनताको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न,मानव अधिकारको सम्मान गर्न र गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा जोडदार माग गर्दछ ।
विष्णु भुजेल
अध्यक्ष्य
नेपाली जनप्रगतिशील मोर्चा, यूरोप
मेख तमु
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
शेर बहादुर तुम्बापो
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी
इन्द्र न्यौपाने
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल
इश्वर शर्मा
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा,स्पेन
सुवर्णबाबु सापकोटा
महासचिव नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा
तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड
टिएन रिजाल
संयोजक
नेपाली जनप्रगतिशील मोर्चा, बेलायत
वदन योङ्गहाङ्ग
अध्यक्ष
नेपाली जनजाती सरोकार मन्च, बेल्जियम “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु